काठमाण्डौ – अबको केही दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । मनसुनको न्यूनचापीय रेखा औषत स्थानमै रहेकोले देशभरको मौसम बदली भए पनि ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।अबको तीन दिन सम्म नै मनसुनी प्रणाली बढी सक्रिय भएर ठूलो वर्षाको सम्भावना कम रहेको उहाँले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यका सहित देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश नम्बर १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्य वर्षा भैरहेको छ ।दिउँसो देशभर सामान्य बदली रही धेर...