वारेन बफेट : टिकटक चलाउँदैनन् तर, टिकटकमै 'भाइरल' छन्

काठमाडौं । 'लगानी गुरु' भनेर चिनिने अमेरिकी अर्बपति लगानीकर्ता वारेन बफेटले टिकटक चलाउँदैनन् । तर, टिकटकमा उनको भनाइ भएका भिडियोहरू भाइरल छन् ।  सन् १९९९ मा वफेटले शेयर खरीदसम्बन्धी टिप भएको आफ्नो पर्सलाई लिलामीमा बेचेर च्यारिटीका लागि २ लाख १० हजार डलर उठाएका थिए । बफेटको सो पर्स झन्डै २० वर्ष पुरानो थियो । उनले आफ्नो पर्सदेखि क्रिप्टोकरेन्सीसम्म बोलेको कुरा र यसबारेका टीकाटिप्पणीबारेका भिडियोले टिकटकमा दशौं हजार लाइक पाएका छन् ।  शेयर कसरी छान्नेदेखि सम्बन्धसमेतका विषयमा चर्चित टिकटक एकाउन्टहरूले ९२ वर्षीय लगानीकर्ता र बर्कशायर ह्याथेवेका सीईओको धारणा राखेर टिकटक बनाएका छन् । बफेटको भनाइ भएका सबैभन्दा चर्चित केही टिकटक भिडियोको सार :  १. यो मेरो सेलफोन हो । यो फोन बिग्रिनै लागिसक्यो । यो फोन मलाई अलेक्जान्डर ग्राह्म बेलले दिएका हुन् । मेरा पाँच ओटा ट्विट छन्, त्यो पनि अरुले मेरो लागि गरिदिएका हुन् । (एउटा अन्तरवार्तामा बफेट आफ्नो पुरानो फोन देखाउँदै थिए ।)  @saylesshustle, 104,000 likes  २. सायद ४०० वा ५०० डलर । म प्राय: यति नै बोक्छु । हेर्ने हो ? ठिकै छ, अधिकांश महिलाहरू कति छ भनेर चाहन्छन्, यो असामान्य होइन । (तपाईंको पर्समा के छ भनेर एक अन्तरवार्तामा सोधिएपछि जिस्किँदै बफेटले भनेका थिए ।)  @ambitiousvoices, 351,000 likes ३. म संसारको जुनसुकै घर किन्न सक्छु । तर, म अहिले बसिरहेको घरबाहेक अरु कुनै चाहान्न । यो घर मध्यमवर्गीय छिमेक छ । म एक जोडी खास्की र स्वेटरमै खुसी छु, मलाई फेन्सी कपडा चाहिन्न । मलाई फेन्सी खानेकुरा पनि चाहिएको छैन । @mediascaling, 109,000 likes ४. कसैले मलाई अमेरिकाको १ प्रतिशत कृषियोग्य भूमि वा १ प्रतिशत अपार्टमेन्ट घरहरू छ भन्छ भने म उसको नाममा यही मध्याह्नमै २५ अर्बको चेक बनाइदिन्छु । कसैले मलाई मसँग संसारभरको बिट्क्वाइन छ भन्छ अनि मलाई दिन्छ भने म उसलाई २५ डलर दिन्छु । तर, यसको सट्टामा एउटै बिट्क्वाइन लिन्न । मैले यो लिएर के गर्छु ? मैले फेरि यसलाई कुनै न कुनै रूपमा उसैलाई बेच्नु पर्छ । @thebillionairebros, 15,000 likes ५. मैले जे गरे त्यो गर्न तिमी जिनियश हुनै पर्दैन । दिमाग पनि चाहिँदैन, सही ‘ओरिएन्टेशन’ मात्रै भए पुग्छ । शेयर किन्ने ९० प्रतिशत मानिसहरूले सही ढंगले सोच्दैनन् । अर्को हप्तै भाउ माथि जान्छ भनेर सोध्छन् । अनि भाउ ओरालो लागेपछि नराम्रो महसुस गर्छन् । म त आजको दिनदेखि १० वा २० वर्षमा कम्पनी कतातिर जान्छ भन्ने सोच्छु । मैले किन्ने बेलामा भाउ झनै घटोस् भनेर प्रार्थना गर्छु ताकि म धेरै शेयर किन्न सकुँ । @investelligence, 22,000 likes ६. औसत मानिसहरू कुन शेयर किन्ने अनि कति बेला किन्ने भन्ने भेउ नै पाउँदैनन्, थाहा पाउनु पनि पर्दैन । उनीहरूले इन्डेक्स फन्डमार्फत अमेरिकाको जुनसुकै शेयर किन्न सक्छन् अनि यसलाई शेयरको लगानीलाई लामो समयसम्म नबेचि राख्न सक्छन् । समग्रमा यो पनि राम्रै हुन्छ । @buffetttrackerapp, 154,000 likes

सम्बन्धित सामग्री

टिकटक खोल्न सरकारलाई दबाब बढाइँदै

नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गरेको तीन महिना बढी भइसकेको छ। टिकटक बन्द गर्ने सरकारको निर्णयपछि टिकटक प्रतिनिधिले सरकारलाई खोल्न दबाब बढाएको पाइएको छ।...

टिकटक तत्काल खुलाऊ!

सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको सरकारी निर्णयविरुद्ध परेका रिट निवेदनहरूउपर सोमबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ।...

टिकटक चलाउँदा यी कुरामा ध्यान दिनुहोस्

पछिल्लो समय टिकटक एकदमै चर्चित छ । बच्चादेखि वृद्धसम्मले टिकटक प्रयोग गर्छन् । शर्ट भिडियो शेयरिङ प्लेटफर्मका रूपमा टिकटक परिचित छ ।    टिकटकमा धेरैले कन्टेन्ट क्रियट गरिरहेका हुन्छन् । तर कहिलेकाँही टिकटक कन्टेन्ट क्रियटर केही कुरामा ध्यान नदिदाँ हजारौं फ्लोअर भएको अकाउन्ट गुमाउनु पर्ने हुन्छ । टिकटक अकाउन्ट प्रतिबन्ध हुनबाट बच्ने एउटा मात्रै तरिका छ, त्यो हो,...

टिकटक चलाउनु हुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

पछिल्लो समय टिकटक एकदमै चर्चित छ । बच्चादेखि वृद्धसम्मले टिकटक प्रयोग गर्छन् । शर्ट भिडियो शेयरिङ प्लेटफर्मका रूपमा टिकटक परिचित छ ।  टिकटकमा धेरैले कन्टेन्ट क्रियट गरिरहेका हुन्छन् । तर कहिलेकाँही टिकटक कन्टेन्ट क्रियटर केही कुरामा ध्यान नदिदाँ हजारौं फ्लोअर भएको अकाउन्ट गुमाउनु पर्ने हुन्छ ।   टिकटक अकाउन्ट प्रतिबन्ध हुनबाट बच्ने एउटा मात्रै तरिका छ, त्यो हो,...

टिकटक अकाउन्ट ब्लक नहोस् भन्ने चाहनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा

पछिल्लो समय टिकटक एकदमै चर्चित छ । बच्चादेखि वृद्धसम्मले टिकटक प्रयोग गर्छन् । शर्ट भिडियो शेयरिङ प्लेटफर्मका रूपमा टिकटक परिचित छ ।  टिकटकमा धेरैले कन्टेन्ट क्रियट गरिरहेका हुन्छन् । तर कहिलेकाँही टिकटक कन्टेन्ट क्रियटर केही कुरामा ध्यान नदिदाँ हजारौं फ्लोअर भएको अकाउन्ट गुमाउनु पर्ने हुन्छ ।   टिकटक अकाउन्ट प्रतिबन्ध हुनबाट बच्ने एउटा मात्रै तरिका छ, त्यो हो,...

सन्देशमूलक टिकटक प्रतिस्पर्धा हुने

कोहलपुर नगरपालिकाले सन्देशमूलक टिकटक प्रतिस्पर्धाका लागि आह्वान गरेको छ। पालिकाले प्रदान गर्ने सेवा, सुविधा एवं नियमनको विषय समेटी जनचेतना तथा सन्देशमूलक टिकटक प्रतिस्पर्धाका लागि आह्वान गरिएको हो। यसका लागि नगरपालिकाले केही सर्तसमेत बनाएको छ।...

नेपालमा टिकटक बन्द गर्नुपर्ने माग

राजविराज । टिकटक एप बन्द गर्ने अभियानमा सप्तरीका युवाहरू जुटेका छन्। समाजमा अश्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा टिकटक एप बन्द गर्नका लागि आज प्रदर्शन गरेका छन् । टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज ज्ञापनपत्र बुझाएको सङ्घर्ष समिति अभियानका जिल्ला संयोजक सच्चिदानन्द यादवले जानकारी दिए। प्रदर्शनमा […]

टिकटक बन्द गर्न सप्तरीका युवाहरूको माग

१५ भदौ, सप्तरी । सप्तरीका युवाहरू टिकटक एप बन्द गर्ने अभियानमा जुटेका छन् । समाजमा अश्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा बुधबार टिकटक एप बन्द गर्नका लागि प्रदर्शन गरे । विभिन्न ठाउँबाट टिकटक एप बन्दको आवाज आउन लागेका बेला टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज ज्ञापनपत्र […]

भायनेटको टिकटक च्यालेन्ज

भायनेटले ‘भायानेट अल्ट्रा–फाई टिकटक च्यालेन्ज’ नामक टिकटक प्रतियोगिता ल्याएको छ । यो प्रतियोगिता कुनै पनि उमेर समूहको लागि खुल्ला रहेको कम्पनीले जनाएको छ ।प्रतियोगितामा भाग लिन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक च्यानलमा भएको साउन्ड ट्रर्याक प्रयोग गरी भिडियो अपलोड गरेर सहभागी हुन सकिने छ ।यो प्रतियोगितामा कम्पनीले तोकेका विभिन्न शर्त पालना गरेर […]

गढिमाई मन्दिरमा टिकटक प्रतिबन्ध

बाराको गढिमाई मन्दिर प्रांगणमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ । गढिमाई नगरपालिकाले बरियापुरमा अवस्थित गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध लगाएको हो । आफ्नो गाउँठाउँका पढ्ने उमेरका बालबालिकाले विदेशी संस्कृतिको नक्कल गर्दै टिकटक बनाउन लागेकाले टिकटक बनाउन मन्दिरमा प्रतिबन्ध लगाइएको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बढाए । राजधानी दैनिकमा खबर छ ।