स्थानीय निर्वाचनमा दलहरूले उठाएका उम्मेदवारको समावेशितालाई लिएर बहस भइरहेको छ । खास गरी उपाध्यक्ष वा उपमेयर चलाएका धेरै महिलालाई अध्यक्ष वा मेयर पदमा प्रत्याशी बन्न खोज्दा पार्टीहरूले टिकट दिएनन् । स्थानीय निर्वाचनमा ८ हजार २ सय ४९ कार्यकारी पद (मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष) का लागि कुल ४२ हजार ९ सय ५३ जनाको उम्मेदवारी परेकामा महिला २ हजार ३ सय ८६ जना मात्रै छन्, जुन ५ दशमलव ५ प्रतिशत हो ।