भायानेटले जित्यो सन २०२४ को एसियन टेलिकम अवार्ड

काठमाण्डौँ- भायानेट कम्युनिकेसनले ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर-नेपाल’ अवार्ड जितेको छ । कम्युनिकेसन ले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर-नेपाल’ अवार्ड जितेको हो। एक्स जि एस टेक्नोलोजीमा आधारित नेपालको पहिलो मल्टि-गिग इन्टरनेट बजारमा ल्याएर नयाँ टेक्नोलोजीमा […]

सम्बन्धित सामग्री

एनसेल एसियन टेलिकम अवार्डबाट सम्मानित

काठमाडौं (नेस) । एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ । कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मानस्वरूप यी पुरस्कार प्रदान गरिएका हुन् । सिंगापुरमा अवस्थित ‘एसियन मोबाइल न्युज’ले सन् २००३ देखि ‘एसियन टेलिकम अवार्ड’ प्रदान […]

एसियन टेलिकम अवार्डको दुई विधामा एनसेल सम्मानित

एनसेल आजियाटा लिमिटेड दुईवटा सम्मानबाट सम्मानित भएको छ । कम्पनीले उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापना गरेको भन्दै ‘एसियन टेलिकम अवार्ड २०२२’को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ...

एनसेल दुई विधामा सम्मानित

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल ‘एसियन टेलिकम अवार्ड २०२२’ को टेलिकम कम्पनी अफ द इयर र इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर विधामा सम्मानित भएको छ । कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मानस्वरूप यी पुरस्कार प्रदान गरिएका हुन् । सिंगापुरमा अवस्थित एसियन मोबाइल न्यूजले सन् २००३ देखि एसियन टेलिकम अवार्ड प्रदान गर्न सुरु गरेको थियो । अवार्ड कार्यक्रमले एसियाका अग्रणी दूरसञ्चार कम्पनीका उत्कृष्ट उपलब्धि र पहललाई मान्यता दिँदै पुरस्कृत गर्छ । अवार्डअन्तर्गत विभिन्न विधाका विजयी कम्पनीलाई हालै भर्चुअल कार्यक्रममार्फत सम्मानित गरिएको एनसेलले बताएको छ । कोभिड–१९ महामारीले हरेक क्षेत्रलाई असर गरिरहँदा टेलिकम कम्पनीले ग्राहकलाई सञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न र प्रतिस्पर्धामा रहिरहन विभिन्न सुविधा एवं योजना लागू गरेकै कारण एसिया प्यासेफिक क्षेत्रका कम्पनीलाई एसियन टेलिकम अवार्ड २०२२ ले सम्मान गरिएको आयोजकको भनाइ छ । एनसेलले नेपालमा भरपर्दो सेवा प्रदान दिनुका साथै कोभिड–१९  महामारीमाझ देशभर विभिन्न आमसञ्चार माध्यम तथा आफ्नै नेटवर्क प्रयोग गरी सरकारलाई जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएबापत टेलिकम कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको  हो । त्यस्तै, सरकारको डिजिटलाइजेसन योजनाको मेरुदण्डका रूपमा रहने विश्वस्तरीय डेटा सेन्टर स्थापनाका लागि एनसेललाई इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर पुरस्कारबाट सम्मानित गरिएको हो । ‘प्रतिष्ठित एसियन टेलिकम अवार्ड २०२२ का दुई विधाबाट सम्मानित हुन पाएकामा खुसी छौं । यो सम्मानले देश र जनताका लागि हामीले गरेका पहलकदमी र योगदानलाई प्रमाणीकरण गरेको छ’, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘हाम्रा उपलब्धि स्थापित गरेका बलिया आधारका कारण सम्भव भएका हुन् ।’ सरकारलाई कोरोना रोकथामका लागि ‘कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १० करोड योगदान गर्ने एनसेल पहिलो निजी क्षेत्रको कम्पनी हो । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा कोभिड–१९ महामारीको रोकथामका लागि जनसचेतना अभिवृद्घि गर्ने काम गरेको छ । एनसेलले पूर्वाधार क्षेत्रमा भूकम्पीय जोखिमको दृष्टिकोणबाट अति संवेदनशील मानिने काठमाडौं उपत्यकामा विश्वस्तरीय ‘टियर थ्री’ मापदण्डको ‘इन्टिग्रेटेड डेटा सेन्टर’ स्थापना गरेको छ । यो पूर्वाधारले भूकम्पको विपद्का बेलामा पनि भरपर्दो सेवा प्रवाहमा योगदान पुर्‍याउने एनसेलले जनाएको छ । यस किसिमको आधुनिक डेटा सेन्टर पूर्वाधार विकासका हिसाबले दक्षिण एसियाकै पहिलो हो । यो पूर्वाधार हालसम्म कम्पनीले ठूलो लगानी गरेका आयोजनामध्ये एक हो । ०७२ भूकम्पले पारेको प्रभावलाई लक्षित गर्दै विपद्सँग थप व्यवस्थित तथा उचित प्रतिकार्य गर्न सकिने गरी एनसेलले यो डेटा सेन्टर स्थापना गरेको हो । यसले बैंक तथा वित्तीय संस्था, बीमालगायत विभिन्न कम्पनीलाई आफ्ना डेटामा आधारित व्यवसाय विस्तार गर्न र तिनको आवश्यकताअनुसार भरपर्दो कनेक्टिभिटी प्रदान गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।