एनसेल दुई विधामा सम्मानित

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल ‘एसियन टेलिकम अवार्ड २०२२’ को टेलिकम कम्पनी अफ द इयर र इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर विधामा सम्मानित भएको छ । कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मानस्वरूप यी पुरस्कार प्रदान गरिएका हुन् । सिंगापुरमा अवस्थित एसियन मोबाइल न्यूजले सन् २००३ देखि एसियन टेलिकम अवार्ड प्रदान गर्न सुरु गरेको थियो । अवार्ड कार्यक्रमले एसियाका अग्रणी दूरसञ्चार कम्पनीका उत्कृष्ट उपलब्धि र पहललाई मान्यता दिँदै पुरस्कृत गर्छ । अवार्डअन्तर्गत विभिन्न विधाका विजयी कम्पनीलाई हालै भर्चुअल कार्यक्रममार्फत सम्मानित गरिएको एनसेलले बताएको छ । कोभिड–१९ महामारीले हरेक क्षेत्रलाई असर गरिरहँदा टेलिकम कम्पनीले ग्राहकलाई सञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न र प्रतिस्पर्धामा रहिरहन विभिन्न सुविधा एवं योजना लागू गरेकै कारण एसिया प्यासेफिक क्षेत्रका कम्पनीलाई एसियन टेलिकम अवार्ड २०२२ ले सम्मान गरिएको आयोजकको भनाइ छ । एनसेलले नेपालमा भरपर्दो सेवा प्रदान दिनुका साथै कोभिड–१९  महामारीमाझ देशभर विभिन्न आमसञ्चार माध्यम तथा आफ्नै नेटवर्क प्रयोग गरी सरकारलाई जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएबापत टेलिकम कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको  हो । त्यस्तै, सरकारको डिजिटलाइजेसन योजनाको मेरुदण्डका रूपमा रहने विश्वस्तरीय डेटा सेन्टर स्थापनाका लागि एनसेललाई इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर पुरस्कारबाट सम्मानित गरिएको हो । ‘प्रतिष्ठित एसियन टेलिकम अवार्ड २०२२ का दुई विधाबाट सम्मानित हुन पाएकामा खुसी छौं । यो सम्मानले देश र जनताका लागि हामीले गरेका पहलकदमी र योगदानलाई प्रमाणीकरण गरेको छ’, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘हाम्रा उपलब्धि स्थापित गरेका बलिया आधारका कारण सम्भव भएका हुन् ।’ सरकारलाई कोरोना रोकथामका लागि ‘कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १० करोड योगदान गर्ने एनसेल पहिलो निजी क्षेत्रको कम्पनी हो । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा कोभिड–१९ महामारीको रोकथामका लागि जनसचेतना अभिवृद्घि गर्ने काम गरेको छ । एनसेलले पूर्वाधार क्षेत्रमा भूकम्पीय जोखिमको दृष्टिकोणबाट अति संवेदनशील मानिने काठमाडौं उपत्यकामा विश्वस्तरीय ‘टियर थ्री’ मापदण्डको ‘इन्टिग्रेटेड डेटा सेन्टर’ स्थापना गरेको छ । यो पूर्वाधारले भूकम्पको विपद्का बेलामा पनि भरपर्दो सेवा प्रवाहमा योगदान पुर्‍याउने एनसेलले जनाएको छ । यस किसिमको आधुनिक डेटा सेन्टर पूर्वाधार विकासका हिसाबले दक्षिण एसियाकै पहिलो हो । यो पूर्वाधार हालसम्म कम्पनीले ठूलो लगानी गरेका आयोजनामध्ये एक हो । ०७२ भूकम्पले पारेको प्रभावलाई लक्षित गर्दै विपद्सँग थप व्यवस्थित तथा उचित प्रतिकार्य गर्न सकिने गरी एनसेलले यो डेटा सेन्टर स्थापना गरेको हो । यसले बैंक तथा वित्तीय संस्था, बीमालगायत विभिन्न कम्पनीलाई आफ्ना डेटामा आधारित व्यवसाय विस्तार गर्न र तिनको आवश्यकताअनुसार भरपर्दो कनेक्टिभिटी प्रदान गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित सामग्री

विपद् व्यवस्थापनमा क्रियाशिल व्यवसायीहरुलाई एनबीआई बिजनेस रेसिलेन्स अवार्ड

विपद् व्यवस्थापनका क्षेत्रमा क्रियाशिल व्यवसायीहरु एनबीआई बिजनेस रेसिलेन्स अवाडद्वारा सम्मानित भएका छन् । सम्मानित हुनेमा बहुराष्ट्रिय कम्पनी विधामा एनसेल आजियाटा लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेड सम्मानित भएका हुन् ।

एनसेल एसियन टेलिकम अवार्डबाट सम्मानित

काठमाडौं (नेस) । एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ । कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मानस्वरूप यी पुरस्कार प्रदान गरिएका हुन् । सिंगापुरमा अवस्थित ‘एसियन मोबाइल न्युज’ले सन् २००३ देखि ‘एसियन टेलिकम अवार्ड’ प्रदान […]

एसियन टेलिकम अवार्डको दुई विधामा एनसेल सम्मानित

एनसेल आजियाटा लिमिटेड दुईवटा सम्मानबाट सम्मानित भएको छ । कम्पनीले उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापना गरेको भन्दै ‘एसियन टेलिकम अवार्ड २०२२’को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ...

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट प्रधान सम्मानित

काठमाडौं, ५ पुस । नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन् । लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधा मध्ये आइसिटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आइसिटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् । […]

एनसेल वुमन आइकन आईसीटी अवार्डबाट प्रधान सम्मानित

काठमाडौं (अस) । नेपालकी पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन् । लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आईसीटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधामध्ये आईसीटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आईसीटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् । काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा एनसेल वुमन आइकन आईसीटी अवार्ड प्रधानलाई प्रदान गरिएको हो । प्रधानलाई एनसेलले आईसिटीमा उनको योगदानको कदर गर्दै विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुसन (डीईआई) लाई प्रोत्साहन गर्ने कम्पनीको नीतिअनुरूप आइसिटी अवार्डमा आबद्ध भई ३ लाख रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दीपेश आचार्य, एनसेलका चिफ इन्फरमेसन अफिसर विशालमणि उपाध्याय र कर्पोरेट कम्युनिकेसन तथा सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले अवार्ड विजेता प्रधानलाई सिल्ड, सर्टिफिकेट तथा चेक संयुक्त रूपमा प्रदान गरे । प्रधानले नेपालको आईसीटी क्षेत्रमा ३५ वर्षदेखि योगदान पुर्‍याउँदै आएकी छिन् । नेपाल टेलिकम तथा सरकारी संस्थामा मात्रै करिब ३१ वर्ष महत्वपूर्ण स्थान र पदमा रही काम गरेकी प्रधान हाल वुमन इन आइटी संस्थालाई नेतृत्व गरिरहेकी छन् । नेपाल टेलिकममा कम्प्युटर इन्जिनियरको रूपमा करियर सुरु गरेकी प्रधानले प्रवक्ता र निर्देशकसमेतको जिम्मेवारी वहन गरेकी थिइन् । प्रधानले केही वर्षदेखि वुमन इन आइटी सस्थाको अध्यक्षमा रही यस क्षेत्रमा महिला सशक्तीकरण र सहभागिता बढाउन सचेतनात्मक कार्यक्रम, तालिम तथा रिसर्चमा काम गरिरहेको कम्पनीले बताएको छ । वुमन आइकन आईसीटी अवार्ड विजेता प्रधानसँगै अन्य ११ विधामा विशिष्ट व्यक्ति, संस्था, प्रडक्ट र स्टार्टअपले अवार्ड प्राप्त गरे । अवार्ड कार्यक्रममा सञ्चार मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, एनसेललगायत ३० भन्दा बढी संस्थाको सहकार्य थियो ।

'एनसेल वुमन आइकन आइसिटी अवार्ड–२०२१’ बाट गुणकेशरी प्रधान सम्मानित

नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान 'एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन् । लिभिङ वीथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधा मध्ये आइसिटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आइसिटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् । काठमाडौंको सोल्टी होटलमा शुक्रवार आयोजना भएको ग्राण्ड फिनालेमा एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रधानलाई प्रदान गरिएको हो । प्रधानलाई एनसेलले आइसिटीमा उनको योगदानको कदर गर्दै विविधता...

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट गुणकेशरी प्रधान सम्मानित

काठमाडाैं । नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन् । लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधा मध्ये आइसिटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आइसिटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् । काठमाडौंको सोल्टी […] The post एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट गुणकेशरी प्रधान सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ गुणकेशरी प्रधानलाई

काठमाडैं । नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छन् ।  लिभिङ विथ आईसीटीले आयोजना गरेको एफवानसफ्ट आईसीटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधामध्ये आईसीटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आईसीटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् । प्रधानले...