गत अप्रिलमा एक भयानक लागुऔषध–प्रेरित हत्याको खबरले साउदी अरब तरङ्गित भयो । देशको पूर्वी प्रान्तमा एक व्यक्तिले रमजानको उपवास समाप्त भएपछि खाइने इफ्तारअघि आफ्नो परिवारको घरमा आगो लगाइदिए । उनको परिवारका चार सदस्य मारिए ।स्थानीय मिडियाले प्रहरीलाई उदृत गर्दै लेखेअनुसार ती व्यक्ति साबु नामक मेथाम्फेटामाइन ड्रग्सको प्रभावमा थिए । साउदी मिडियामा पछिल्लो समय लागुऔषधको प्रयोगको वृद्धिले चर्चा पाउने गरेको छ । एक स्तम्भकारले राज्यमा बढ्दो लागुऔषधको ढुवानीलाई ‘देश विरुद्धको खुला युद्ध&rs