एजेन्सी । देशभरको कडा र चर्को तापको लहरकाबीच भारतीय मौसम विज्ञान विभागले बुधबार आगामी ४ दिनसम्म मध्य र पश्चिम भारतमा तातो हावाको कारण सामान्य जनजीवन प्रभावित बन्नसक्ने बताएको छ ।
बिहानैबाट लागेको बाक्लो हुस्सु र शितलहरका कारण रौतहटको जनजीवन प्रभावित भएको छ ।सवारी साधनलाई उज्यालोमा पनि बत्ति बालेर सडकमा कुदनुपर्ने अवस्था आएको छ ।
हुस्सु र शितलहरका कारण बिहानैबाट सर्वसाधारण घरबाट...
वीरगञ्ज, मंसिर २७ । आज बिहानैदेखिको बाक्लो हुस्सु र कुहिरो तराईका जिल्लाहरूको जनजीवन प्रभावित भएको छ ।पछिल्लो केहि दिनदेखि लगातार तराईमा जारी हुस्सुले अत्यधिक चिसो बढाएको छ । चिसोले मध्य तराईंको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित छ । वीरगञ्ज, कलैया, गौरलगायतका मुख्य बजार क्षेत्रमा सर्वसाधरणको चहलपहल कम भएको छ । चिसोले गर्दा मानिसहरु बिरामी परिरहेका […]
बर्दियामा अत्यधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। जिल्लमा यस वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ। गर्मीका कारण व्यवसायसमेत प्रभावित भएका छन्।
१६ फागुन, काठमाडौं । असिनापानी सहितको आँधीले अमेरिकाका क्यालिफोर्निया लगायत राज्यको जनजीवन प्रभावित भएको छ । खराब मौसमका क्यालिफोर्निया, ओक्लोहामा, टेक्सास, मिसौरी लगायत राज्यको जनजीवन प्रभावित भएको हो । बीबीसीका अनुसार यी राज्यका धेरै घरहरु भत्किएका छन् । बिजुलीका खम्बा ढलेकाले विद्युत् आपूर्तिसमेत बन्द भएको छ । हालसम्म कम्तिमा १२ जना घाइते भएका छन् । […]
काठमाडौं । बुटवलमा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । रुपन्देहीको बुटवलमा बिगत केही दिनदेखि चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो । दुई दिनदेखि घाम नलागेको तथा हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढीरहेको सर्वसाधारणहरु बताउँछन् । चिसो बढेसँगै सर्वसाधारणको दैनिकी असहज भएको छ । दुई दिन अघिसम्म मौसम राम्रो भए पनि हाल भने अचानक […]
सर्लाही : तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। दुई दिनअघिसम्म बिहान–बेलुका र रातको समयमा चिसो भए पनि दिनभर पारिलो घाम लाग्ने गरेको थियो। तर बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिने चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको छ।चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी बढी प्रभावित भएका छन्। छाप्रामा बस्ने अति विपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिन थालेका छन्।चिसो बढेपछि विपन्न समुदायको बाहुल्यत
काठमाडौं, मंसिर २० । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा दुई दिन अघिदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आशिंक हिमपात भएको छ भने मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भएको कारण चिसोले जनजीवन प्रभावित भएको हो । मुस्ताङमा हिउँद यामको पहिलो हिमपात भएको छ । हिमपातसँगै मुस्ताङमा चिसो […]