सर्लाही : तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। दुई दिनअघिसम्म बिहान–बेलुका र रातको समयमा चिसो भए पनि दिनभर पारिलो घाम लाग्ने गरेको थियो। तर बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिने चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको छ।चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी बढी प्रभावित भएका छन्। छाप्रामा बस्ने अति विपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिन थालेका छन्।चिसो बढेपछि विपन्न समुदायको बाहुल्यत