स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोपमा जोड दिन निर्देशन दिएका छन् ।
प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा भएको एक कार्यक्रममा उनले संघले चाहेजति खोप उपलब्ध गराउने भन्दै प्रत्येक जनतामा खोप पुर्याउन प्रदेश सरकारलाई निर्देशन दिएका हुन् ।
खोप कम लगाएका पालिका तथा जिल्लामा तिथिमिति तोकेर चैत मसान्तसम्ममा १८ वर्षमाथि उमेर समूहका सबैलाई खोप लगाइसक्न प्रदेश सरकारलाई उनले निर्देशन दिए ।
‘खुला दिशामुक्त घोषणा गर्दा शौचालय नबनाउने परिवारलाई सरकारी सेवासुविधामा रोक लगाएजस्तै खोप ...