वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका गोलरक्षक रोशन खड्काले सडनडेथमा नायकत्व भूमिका खेलेपछि विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा निर्धारित समय १–१ र अतिरिक्त ३० मिनेटमा समेत कुनै गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टी सुट आउट समेत ४–४ भएपछि खेलको छिनोफानो सडनडेथमा भएको थियो ।जहाँ ११९ औं मिनेटमा मैदान छिरेका रोशन हिरो साबित भए । प्रशिक्षक अनन्त राज थापाले गोलकिपर सञ्जीव श्रेष्ठको ठाउँमा