अभिनेत्री केकी अधिकारीले बुधवार गुपचुप विवाह गरेको चर्चा फिल्म क्षेत्रमा भुसको आगो झैँ फैलिरहेको छ । आफू निकट सबैलाई गुपचुप विवाह गर्ने गर्ने कुरा गर्दै आएकी उनी भव्य विवाहमा रुचि नभएको बताउँथिन् ।उनका निकटतम सहकर्मीलाई समेत विवाह हो कि होइन भन्ने बारे पूर्णरुपमा जानकारी छैन । तर विवाहको हल्ला उनीहरूले पनि सुनेका छन् । केहीले भने उनको विवाह नभएर इन्गेजमेन्ट भएको सुनेको बताउँछन् । केकी नजिक रहेकी बेनिशा हमाल भन्छिन्, ‘मैले पनि हल्ला सुनेँ । मलाई पनि धेरै जनाले फोन गरेर सोधी सक्नुभयो । तर मल