बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको साथ छाडेका छन् ।
भदौ २ गते मन्त्रीको शपथ लिएका एमाले सांसद खनाल मंगलवार नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका हुन् ।
खनालले मंगलवार हेटौंडास्थित निर्वाचन आयोगमा पुगेर समाजवादी रोज्न सनाखत गरेका हुन् ।
एमाले त्यागेर समाजवादीमा लागे पनि उनले अहिलेसम्म मन्त्री पदबाट राजीनामा भने दिएका छैनन् । खनालसहित १२ सांसदले कित्ता परिवर्तन गरेसँगै मुख्यमन्त्री शाक्य स्पष्ट अल्पमतमा परेकी छन् ।
दल विभाजन भएपछि मुख्यमन्त्री...