अहिले प्रदेश नं. २ मा जनमत पार्टीको कथित किसान मैत्री आन्दोलन जारी छ । तर सीके राउतको उग्र एवं अराजक आन्दोलनलाई नैतिक रुपले पनि समर्थन गर्ने सकिने अवस्था छैन । तर किसानप्रति सरकारको उदासिनता र कर्मचारी वर्गमा देखिएको भ्रस्टाचार मोहले किसानको पक्षमा उभिरहन पनि बाध्य गरेको अवस्था छ । नेपाली किसानका अन्त्यहीन पीडाको समाधान कहिले र कसले गर्ने हो ? एकातिर सरकारले किसानलाई समयमै मलखाद उपलब्ध नगराउनु र अर्कोतिर किसानलाई मलखाद उपलब्ध गराउने जिम्मा बोकेकाहरूले अर्बौ रुपैयाँको भ्रस्टाचार गर्नुले स्व