नुहाउने क्रममा खोलामा डुबेर एक महिलाको मृत्यु

अत्याधिक गर्मी छल्न खोलामा नुहाउने क्रममा डुबेर एक महिलाको ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका– ३ कि २२ वर्षीय लक्ष्मी सदाको त्रियुगा खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिएको छ । खोलामा नुहाउने क्रममा अचानक खोलामा डुबेर ज्यान गएको खबर आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित सामग्री

कुलोले बगाउँदा महिलाको मृत्यु

कपिलवस्तुको बाणगंगामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलस्थित बाणगंगा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीबार माछा मार्ने क्रममा डुबेर एक महिलाको मृत्यु...

छुट्टाछुट्टै घटनामा गुल्मीका २ महिलाको मृत्यु

१५ वैशाख, गुल्मी। छुट्टाछुट्टै घटनामा गुल्मीका २ जना महिलाको मृत्यु भएको छ । इस्मा गाउँपालिकामा कुलोमा डुबेर र सत्यवती गाउँपालिकामा घाँस काट्ने क्रममा लडदा ३७ र ३५ वर्षीया महिलाको मृत्यु भएको हो । इस्मा गाउँपालिका वडानम्बर-२ सामाचौर वस्ने ३७ वर्ष मायाँ खत्री कुलोमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक […]

पोखरीमा डुबेर एक महिलाको मृत्यु

उदयपुर – उदयपुरमा पोखरीमा डुबेर एकको ज्यान गएको छ। त्रियुगा नगरपालिका-६ जलजलेस्थित रानी पोखरीमा डुबेर त्रियुगा नगरपालिका-५ श्रीपुरकी ६० वर्षीया दैया परियारको ज्यान गएको हो। गाईबस्तु चराएर घर फर्काउने बेला हात खुट्टा धुन पोखरी छेउमा पसेकी उनी त्यहीँ डुबेर ज्यान गएको अवस्थामा अन्य गोठालाले फेला पारेका हुन्। गाईबस्तु चराएर फर्काउने क्रममा डुबेर गम्भीर घाइते भएकी […]

रानीपोखरीमा डुबेर पुन: एक महिलाको मृत्यु

त्रियुगा नगरपालिका ६ जलजलेस्थित रानी पोखरीमा डुबेर अर्की महिलाको मृत्यु भएको छ। उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजले परिसरभित्र रहेको पोखरीमा मंगलबार साँझ डुबेर त्रियुगा नगरपालिका ५ श्रीपुरकी ६० वर्षीया दैया परियारको मृत्यु भएको हो।...

नहरमा डुबेर एक महिलाको मृत्यु

सर्लाही : सर्लाहीमा नहरको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ।जिल्लाको बागमती नगरपालिका–१० पुरानो सोल्टी बजारको ब्रह्मस्थान बस्ने ७२ वर्षीया फूलमाया परियारको बागमती सिँचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भएको हो।खेतमा जान्छु भनी घरबाट निस्किएकी फूलमाया बागमती नगरपालिका–८ सोल्टीस्थित नहरमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। मृतकको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरी परिवारले बुझिसकेका छन्।

बैतडीमा पोखरीमा डुबेर महिलाको मृत्यु

पोखरीमा डुबेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ कैनपानीका २३ वर्षीया भागरथी चन्द रहेकी छन् ।भागरथीको घर नजिकै रहेको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बारीमा घाँस काटेर हातखुट्टा धुने क्रममा चिप्लेर पोखरीमा डुबेको र लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि अस्पताल लगिँदैछ । उनको श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन् ।

बैतडीमा पोखरीमा डुबेर महिलाको मृत्यु

बैतडी । पोखरीमा डुबेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ कैनपानीका २३ वर्षीया भागरथी चन्द रहेकी छन् । भागरथीको घर नजिकै रहेको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बारीमा घाँस काटेर हातखुट्टा धुने क्रममा चिप्लेर पोखरीमा डुबेको र लगत्तै मृत्यु […]

पोखरीमा डुबेर एक महिलाको मृत्यु

मंगलबार दिउँसो त्रियुगा नगरपालिका ६ जलजलेस्थित रानीपोखरीम डुबेर सोही ठाउँकी ५६ वर्षीया नाक्शीमाया परियारको मृत्यु भएको हो।...

भादा नदीमा डुबेर एक महिलाको मृत्यु

बर्दिया : गुलरिया नगरपालिका–८ मा भादा नदीमा डुबेर एक महिलाको शुक्रबार मृत्यु भएको छ। प्रहरीका अनुसार मृतक महिलाको पहिचान खुल्न सकेको छैन।भादा नदीमा अन्दाजी ५०–५५ वर्षकी महिला बग्दै गरेको जानकारी पाएलगत्तै महिलाको उद्दार गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोलीले थपुवाबाट महिलाको उद्धार गरेको थियो।प्रहरीले महिलाको उद्धार गरी उपचारको लागि जिल्ला अस्पतालमा पु¥याएको थियो। उपचारकै क्रममा महिलाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। शव जिल्ला अस्पतालमा राखिएको छ।

मेची नदीमा डुबेर महिलाको मृत्यु

झापा : मेची नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका-६ स्थित भट्टराई चोक डेरा गरी बस्ने पाण्डव राजवंशीको ३५ वर्षीया श्रीमती  कमला राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।प्रहरीका अनुसार शनिबार राति १ बजे मेचीनगर-६ स्थित मेची डाँडा नजिकबाट भारत जान खोजेका कमलालाई नदीले बगाएको थियो। उनीसँग अरू दुई महिला पनि गएका थिए। उनीहरू भने सकुशल नदी तरेर पार भएको बताइएको छ।घटनापश्चात् इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका प्रहरी टोली तत्काल