झापा : मेची नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका-६ स्थित भट्टराई चोक डेरा गरी बस्ने पाण्डव राजवंशीको ३५ वर्षीया श्रीमती कमला राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।प्रहरीका अनुसार शनिबार राति १ बजे मेचीनगर-६ स्थित मेची डाँडा नजिकबाट भारत जान खोजेका कमलालाई नदीले बगाएको थियो। उनीसँग अरू दुई महिला पनि गएका थिए। उनीहरू भने सकुशल नदी तरेर पार भएको बताइएको छ।घटनापश्चात् इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका प्रहरी टोली तत्काल