काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ ।नाडाको केन्द्रीय कार्य समितिको १३ औं बैठकले नाडाको ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन स्थगन गरेको हो । कोभिड १९ को संक्रमण दर अझ उच्च हुन भइरहेको अवस्थामा र तेश्रो लहरको जोखिम समेत बढेको भन्दै नाडाले साधारण सभा स्थगन गर्ने निर्णय गरेको जनाएको छ ।