पोखरामा ११ देशका राजदूत : पदयात्रा गर्ने, सडक महोत्सवमा सहभागी हुने
११ देशका राजदूत र विभिन्न कूटनीतिक नियोगका पदाधिकारी पर्यटन दिवस मनाउन पोखरा आएका छन् । पोखराको पर्यटन क्षेत्र खुलासँगै सुरक्षित रहेको सन्देश दिन पर्यटन व्यवसायी र गण्डकी प्रदेश सरकारको जोडबलमा उनीहरूलाई पोखरा ल्याइएको हो ।
झापा – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा विज्ञ टोलीले मानव–हात्ती द्वन्द्वको समस्याको समाधानका लागि सरोकारवालाको धारणा बुझ्न झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ गर्ने भएको छ । यही फागुन ९ देखि १६ गतेसम्म सञ्चालन हुने ‘हात्तीमैत्री पदयात्रा’मा मुख्यमन्त्री कार्की आफैँ सहभागी बन्नुहुने पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका प्रवक्ता अखिलेशकुमार गुप्ताले बताए। कार्यक्रमको आयोजना कोशी […]
काठमाडौं : नेपाली सेनाले संयुक्त राष्ट्रसंघ स्थापना दिवस (यूएन डे) का अवसरमा पाँच किमी दूरीको शान्ति पदयात्रा गरेको छ।सैनिक मुख्यालय जङ्गीअड्डास्थित खेल मैदानबाट शुरु भएको पदयात्रा शहीदगेट, सैनिक मञ्च, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली हुँदै पुनः शहीदगेट भएर सोही खेल मैदानमा पुगेर समापन भएको हो। प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति, रथीवृन्द, उच्च सैनिक अधिकृतसहित सकल दर्जा, गैरसैनिक व्यक्तिलगायत सो पदयात्रामा सहभागी थिए।राष्ट्रसंघको स्थापना दिवस अक्
काठमाडौं : संविधान दिवसको सन्दर्भमा नेकपा एमालेले पदयात्रा शुरु गरेको छ। बिहान ७ बजे बानेश्वर, कालिमाटी, मैतीदेवी, कुपण्डोल र लैनचौरबाट एकसाथ पदयात्रा सुरु भएको हो। पदयात्राको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरेका छन्। ओली बानेश्वरदेखि पत्रयात्रामा सहभागी भएका हुन्। पदयात्रामा पार्टीका पदाधिकारी, केन्द्रीय नेता, विभिन्न भ्रातृ संघसंगठनका प्रतिनिधि सहभागी छन्। पाँचै स्थानबाट निस्केको टोली वसन्तपुर पुगेपछि अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को आयोजना गरेको छ। 'संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा'का साथ गरिएको पदयात्रामा अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका शीर्ष नेता सहभागी भएका छन् ।ललितपुरको कुपण्डोल, काठमाडौँको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट पदयात्रा सुरु भएर शहीद गेटमा जम्मा भएको थियो । संसद् विघटन गरेर एमालेमाथि संविधानलाई कमजोर बनाएको
संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा का साथ पदयात्रा गर्ने लागेको हो। असोज १ गते शनिबार बिहान पौने ७ बजेबाट सुरु हुने पदयात्रामा सहभागी हुन एमालेले सबैमा आह्वान गरेको छ।...
जनकपुरधाम – मिथिला मध्यमा परिक्रमाको क्रममा एक भारतीय महिलाको मृत्यु भएको छ। परिक्रमाको क्रममा पदयात्रा गरेर जलेश्वर पडावस्थल पुगेकी परिक्रमा यात्री भारतको विहारकाे मधुवनी जिल्ला बासोपट्टीका राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमिलादेवी साहको मृत्यु भएको हाे। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले महोत्तरीकै मठिहानी पडावस्थलबाट जलेश्वर पुगेकी महिला जलेश्वर नगरपालिका- […]
न्युज अफ नेपाल, ललितपुर । विश्व सम्पदा दिवसको अवसरमा ललितपुर उद्योग वाणिज्य संघले सम्पदा पत्रयात्रा आयोजना गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई संस्कृति, सम्पदाको महत्व बुझाउँदै संघको पर्यटन तथा सांस्कृतिक प्रर्वद्धन समितिले आईतबार पदयात्रा आयोजना गरेको हो। सो पदयात्रा २०७२ सालको भूकम्पपछि विश्व सम्पदा दिवसको अवसरमा ललितपुरमा जनप्रतिनिधिहरुलाई सहभागी गराई आयोजना गरिएको पहिलो औपचारिक […]
राष्ट्रवादी केन्द्रले वैदिक सनातन धर्म सापेक्ष राष्ट्र कायम गर्न माग गर्दै शुक्रबार भृकुटीमण्डपमा आयोजना गरेको सभामा भाग लिन रामशाह पथ आसपास क्षेत्रमा पदयात्रा गरेका सहभागी । तस्वीरः, रासस
२१ पुस, गोरखा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । मंगलबार गोरखा दरबारको हनुमान भञ्ज्याङबाट यात्रा सुरु भएको हो । सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी छन् । नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पााच कम्पनी (श्रीनाथ, […]