लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले संघीय सरकारले हचुवाका भरमा हरेक पालिकामा निर्माण गरेको १५ शय्याको अस्पताल सञ्चालनमा गम्भीर समस्या भएको बताएका छन् । 'एक पालिका, एक अस्पताल' भनेर १५ वेडको अस्पताल सञ्चालन गर्ने नाममा भवन निर्माण भएपनि चिकित्सक, जनशक्ति र उपकरणको अभावका कारण समस्या भएको बताए ।