पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित काठेखोलामा पुल निर्माण गरिएको छ।पुल बनाइएपछि यहाँका स्थानीय खुसी भएका छन् । कालीगण्डकी गाउँपालिका र पर्यटन मन्त्रालयको संयुक्त लगानीमा पुल निर्माण भएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए। ५ लाख २२ हजार ७१२ रुपैयाँ लगानीमा पुल निर्माण भएको हो। उनका अनुसार गाउँपालिकाले २ लाख ७७ हजार ८१२ र पर्यटन मन्त्रालयले २ लाख ४५ बजेट विनियोजन गरेको थियो।यो पुल १० दिनमा निर्माण भएको हो। हेर्दा सामान्य भएपछि यस पुलले ठूलो राहत मिलेको छ।&nbs