काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै अमेरिकी स्टेट पार्टनरशिप प्राेग्राम (एसपीपी) सम्झौता गर्ने तयारी गरिरहेको आशङ्का गर्नुभएको छ । आज बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद गुरुङले भर्खरै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौता गर्न लागिएको आशङ्का व्यक्त गर्नुभयो । सांसद गुरुङले परराष्ट्र मन्त्रालयले पछिल्लो समयमा तत्कालै प...