नगरपालिकाले बढायो एकल पुरुष र टुहुरा बालबालिकाको भत्ता
बैतडीको मेलौली नगरपालिकाले एकल पुरुष र टुहुरा बालबालिकालाई दिदै आएको भत्ता बढाएको छ। आगामी आर्थिक वर्षदेखि एकल पुरुष र टुहुरा बालबालिका भत्ता बढाएको हो।...
गुल्मीको मदाने गाउँपालिकाले एकल पुरुष र महिलालाई भत्ता दिने भएको छ । यस गाउँपालिकाले लोककल्याणकारी राज्यको अवधारणा अनुसार सामाजिक सुरक्षा कार्यक्रम मार्फत एकल पुरुष र महिलालाई भत्ता दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो ।
लमजुङ– लमजुङको बेँसीसहर नगरपालिकाले नगरपालिका भित्रका मध्यम अपागंता र एकल पुरुषहरूलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७९-०८० को माघबाट लागू हुने गरी मध्यम अपागंता भई पहेलो कार्ड लिएका र ६० वर्षमाथिका एकल पुरुषलाई कार्यविधि बनाएर भत्ता वितरण गर्न लागेको हो । एकल महिला, ६८ वर्षमाथिका ज्येष्ठ नागरिक र ‘क’ र ‘ख’ […]
काठमाडौँ,७ पुष । ईन्द्रावती गाउँपालिकाले ६० वर्षभन्दा माथिका एकल असाहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाभर रहेका असाहाय अपाङ्गता एकल पुरुषका लािग मासिक रु पाँच सयका दरले भत्ता वितरण सुरु गरेको हो । उमेरले ६० वर्ष नाघेका असाहाय एकल पुरुष हो भनि वडा कार्यलयबाट सिफारिस पालिकाका ६१ लाभग्राहीका लागि गाउँपालिकाले बैँक खातामा […]
सिन्धुली । सिन्धुली जिल्लाको मरिण गाउँपालिकाले विदुर पुरुष (एकल पुरुष) हरुलाई मासिक २ हजार भत्ता दिने भएको छ। सोही गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० देखि आफ्नो पालिका भित्रका एकल पुरुषहरुलाई जीवननिर्वाह गर्नका लागि भत्ता उपलब्ध गराउन बजेट विनियोजन गरेको छ । मरिण गाउँपालिकापालिका भित्रका एकल पुरुषहरुलाई भत्ता वितरणको लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटमा १२ […]
दैलेख : दैलेखको नारायण नगरपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ। शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख लोमन शर्माले एकल पुरुष र महिलालाई आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिइने बताए।आगामी आर्थीक वर्षदेखि एकल महिला पुरुषलाई मासिक भत्ता दिने कार्यक्रम लागु हुने छ। सङ्घीय सरकारले निश्चित उमेर तोकेर सामाजिक सुरक्षा भत्ता दिने गरेको र एकल पुरुष र महिलालाई पनि नारायण नगरले आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिने नगर प्रमुख शर्माले बताए। आगामी आर्थिक वर्षका लागि नीति तथा कार
पर्वत : पर्वतको फलेवास नगरपालिकाले एकल पुरुष अर्थात् विधुरलाई मासिक भत्ता उपलब्ध गराउन सुरु गरेको छ।यसअघि ज्यालादारीमा काम गरेर खानेहरूलाई सञ्चय कोष शैलीमा रकम बचत गर्ने र नगरपालिकाका तर्फबाट रकम थप्ने लोकप्रिय कार्यक्रम ल्याएको फलेवास नगरपालिकाले एकल अवस्थामा रहँदा महिला मात्रै नभई पुरुष पनि समस्यामा पर्ने भएका कारण चालू आर्थिक वर्षको माघ महिनाबाट भत्ता दिन सुरु गरिएको नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले बताए।११ वटा वडा रहेको नगरपालिकाका सबै वडाबाट विवरण सङ्कलनको काम पूरा भएको र यदि कतै छ
ललितपुरको बागमती गाउँपालिकाले एकल पुरुष भत्ता वितरण गर्दै आएको छ । गाउँपालिकाकै वडा ४ का भोलानाथ तिमल्सिनाले गत वर्षदेखि एकल पुरुष भत्ता लिन थालेका छन् । एकल पुरुष भत्ताका कारण उनलाई यताउता...
जुम्लाको गुठीचौर गाउँपालिकाले एकल पुरुष (विदुर)लाई भत्ता दिने भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष ०७८/०७९ मा ‘एकल पुरुष भत्ता’ दिने भएको हो।
गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार ४१ वर्षदेखि ५९ वर्षसम्मका...
बझाङका चार स्थानीय तहले एकल पुरुषलाई पनि भत्ता दिने भएका छन् । स्थानीय तहले कार्यविधि बनाएर श्रीमतीको मृत्यु भएपछि एक्लो जीवन बिताइरहेका ५० वर्षभन्दा माथिका एकल पुरुषलाई मासिक रु ५०० देखि रु दुई हजारसम्म सामाजिक सुरक्षा भत्ता दिँदै आएका छन् । एकल पुरुष भत्ता दिनेमा दुर्गाथली, थलारा, वित्थडचिर गाँउपालिका र जयपृथ्वी नगरपालिका रहेका छन । …