प्रचण्डको स्पष्टीकरण- म एक्लो भएर आत्महत्या गर्छु भनेको होइन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न अभिव्यक्तिका कारण विवादीत बन्ने गरेका छन्। उनको अभिव्यक्तिको विरोध पार्टीकै कार्यकर्ताहरुले गर्न थालेका छन्।

सम्बन्धित सामग्री

आत्महत्या नै समस्याको समाधान होइन

जिन्दगीमा यस्ता कठिन क्षणहरु पनि आउने गर्छन् जसले हामीलाई पूर्ण रुपमा आफूबाट यो जिन्दगीमा केही नहुने  भनि आफ्नो कर्मलाई दोष दिँदै  एक्लो  महसुस गराउछन्।

आत्महत्या नै समस्याको समाधान होइन

जिन्दगीमा यस्ता कठिन क्षणहरु पनि आउने गर्छन् जसले हामीलाई पूर्ण रुपमा आफूबाट यो जिन्दगीमा केही नहुने  भनि आफ्नो कर्मलाई दोष दिँदै  एक्लो  महसुस गराउछन्।

वैदेशिक रोजगारीले बेसहारा भएका अमन(भिडियाे कथा)

बुवा ओमानमा बिते । दुई बालबच्चा र घरको जिम्मेवारी सम्हाल्न अमन यादवकी आमा गाउँकै इँटा भट्टामा काम गर्न थालिन् । काममा जान थालेपछि गाउँ समाजले कुरा काट्न थाले । कमाउन जान थालेपछि गाउँ समाजले विभिन्न लाञ्छना लगाउन थाले । त्यसपछि आमाले पनि आत्महत्या गरिन् । आमा बुवा बितेको केही समयपछि दिदीले पनि बिहे गरिन् । अनि अमन यादव एक्लो भए ।

किन चाहियो पैसा !

पैसाको सन्दर्भमा केहीले के भन्ने गर्छन् भने मरेर के लानु छ र ? बाचुन्जेल ढुक्कले खान पुगे भयो । वास्तवमा यस्ता शब्दहरू बच्चाहरूको अगाडि बोल्नु पनि पाप हो । कसैले त केसम्म भन्छन् भने सिकन्दर पनि खाली आएको थियो खाली हात नै गयो । तर, मानव मात्रले बुझ्नुपर्ने के छ भने खाली हात मर्नुपर्छ भने पनि सिकन्दर बनेर मर्नुपर्छ ऐरेगैरे नथ्थु खैरे बनेर होइन । मर्नुमा पनि मजा आओस् । मर्दा केही लाने होइन, ज्यूँदो छँदा पनि विभिन्न रोगले गर्दा केही खान नमिल्ने होस् तर कमाउने प्रयास त गर्नुपर्छ बरु त्यो सम्पत्ति कसैलाई दान दिएर नै मर्न किन नपरोस् । मानिसले आफ्नो जीवनमा सबैभन्दा माथि पुग्ने प्रयास गर्नबाट कहिल्यै पछि हट्नु हुँदैन । पैसा कमाउने प्रयासबाट वञ्चित हुनु हुँदैन । पैसा जीवनको अभिन्न अंग हो भने लगानी भनेको पैसाको वंश वृद्धि गर्ने आधार हो । व्यवस्थित तरिकाले सोचेर लगानी गर्ने हो भने कमाइ नहुने भन्ने छँदै छैन  । लगानी गर्दा अलिकति सोचविचार भने गर्नुपर्छ । पैसा लगनशीलता, जोखिम ग्रहणता, धैर्य र निरन्तर प्रयासको प्रतिफल हो । यसैको माध्यमबाट मानिसले अनेक खुशी किन्न सक्छ समुद्रको किनारमा जलको छालसँग खेल्न सक्छ । अनेक व्यक्तिलाई पुरस्कार दिन सकिन्छ, भोकोलाई गाँस, र नाँगोलाई कपास दिन सकिन्छ । त्यसकारणले पैसा कमाउने विषयमा कहिल्यै बहाना नबनाऊँ । यो हातको पौरख, मुटुका लागि साहस, दिमागका लागि इन्टेलिजेन्स हो, अनजान ठाउँमा वास हो र जीवन जिउने अति महŒवपूर्ण प्रयास हो । यी विविध कारणले गर्दा पैसा कमाउन निर्भयका साथ लगानी गरौं । लगानी जहिले पनि सम्पत्तिमा गराैं दायित्वमा होइन, जस्तै जग्गा, घर शेयर, शिक्षा, आदि सम्पत्ति हुन् यी सबैले थप आम्दानी दिन्छ । तर, महँगो कार, घोडा, महँगो सुट, घडी मोबाइल, आवश्यकताबाहेक गाडी आदि सबै दायित्व हुन् । त्यसैले सम्भव भएसम्म दायित्वमा भन्दा सम्पत्तिमा लगानी गरौं । अमेरिकामा २ श्रीमान् श्रीमती थिए तर दुई बीच झगडा थियो, सधैं झगडा हुन्थ्यो । श्रीमती लोग्नेको सम्पत्तिका लागि मात्र पतिसँग बसेकी थिइनन् । १ दिन यो दम्पत्तिबीच सम्बन्ध विच्छेदको अवस्था आयो । श्रीमतीले ठूलो धनराशी लिएरमात्र छोडपत्र दिने भइन् । अन्तिममा त्यो लोग्नेसँग केबल ७० डलर बच्यो । उमेर गएको थियो लगानी गर्ने पैसा थिएन । बाँचेर पनि के खाने कुनै थप उपाय थिएन । उसले आत्महत्या गर्ने सोच्यो अनि आत्महत्या गर्न डेराबाट निस्क्यो । बिहानै थियो, आत्महत्या त जतिबेला गरे पनि हुन्छ तर यो ७० डलर लगेर क्यासिनोमा थापें भने कतै टन्न पैसा कमाइ हाल्छु कि भनेर, क्यासिनोतिर मोडियो । क्यासिनो पैसा लगाउन जानेको भीड थियो । लाइनमा उसले एउटा पत्रिका उठाएर हेर्न थाल्यो जुन बाटोमा यसै फ्याकिएको थियो । यो पत्रिकामा एउटा लीलामीको सूचना थियो । ऊ उभिएको केही किलोमीटर पर सरकारले एउटा खानी लीलामी गर्दै थियो र त्यसको मिति आज नै थियो । उसले सोच्यो यो क्यसिनोमा भीड बढी छ बरु त्यही लीलामी स्थलमा गएर हेरौं के छ तमाशा । ऊ खानीस्थलतिर गयो । अचम्म कोही पनि त्यो खानीमा लगानी गर्न आएको थिएन किनकि सरकारले समेत केही गर्न नसकेर लीलामी गर्दै थियो । त्यति बेला ऊ एक्लो बिड गर्ने व्यक्ति थियो उसले केबल ७० डलरको बोली लगायो । त्यो खानीमा सुन निकाल्न सरकाले करोडाैं लगानी गरेको थियो । केही ननिस्केपछि लीलामी हुँदै थियो । अरू कोही प्रतिस्पर्धी नभएपछि खानी उसको भयो । त्यति बेला लीलामीमा न्यूनतम योभन्दा बढीको बोली लगाउनुपर्ने भन्ने नियम हुँदैनथ्यो । न्यूनतम मूल्यको नियम सन् १९९२ पछि मात्र शुरू भएको हो । यसरी ७० डलरमा कसैलाई काम नलाग्ने खानी उसको नाममा आयो । अब यसैमा मर्नुपर्ला भन्ने सोच्दै थियो । उताबाट केही मानिस उसको नजिक आए र भने अब तपाईं हाम्रो मालिक हुनुभयो । हामी यहाँ खन्ने कामदार हौं । आज ५ बजेसम्मको ज्याला हामीले बुझिसकेका छौं । अझ ३ घण्टा दिन बाँकी छ, हामीले खनौं कि के गराैं ? उसले भन्यो ज्याला बुझेकाले खन्नुहोस् । कामदारले खन्न थाले । हर्षको कुरा त के भयो भने त्यो खानी थप ३ फीट खन्नासाथ सुन निस्कियो । ऊ लाखाैं टन सुनको मालिक बन्यो । यो हो, पैसाको करामत वा लगानीको महत्त्व, ३ फीटले उसको बदलियो जिन्दगी । पैसाले यस्ता चमत्कार गरेका अनेक उदाहरण छन् । नेपालको शेयरबजारमा गरेको लगानीले पनि दोस्रो बजारमा ११३ मा किनेको शेयर १० महीनामा १३३० बनेको छ । त्यसैले पैसाको लगानीमा महान् शक्ति हुने भएकाले यसका लागि अनेक तरीकाले प्रयास गरौं । पैसा जीवनको अभिन्न अंग हो भने लगानी भनेको पैसाको वंश वृद्धि गर्ने आधार हो । व्यवस्थित तरीकाले सोचेर लगानी गर्ने हो भने कमाई नहुने भन्ने छँदै छैन, अपवादलाई छोडेर । लगानी गर्दा अलिकति सोचविचार गर्नुपर्छ । लाभदायक क्षेत्र छनोट गर्नुपर्छ । अन्य जोखिम लिन सकिँदैन भने पनि मुद्दतीमै भए पनि पैसा राख्ने हो भने धेरथोर नियमित ब्याज आउँछ । सरकारी बन्ड वा ट्रेजरी बिलमा पनि लगानी गर्न सकिन्छ । पैसा यो जगत्को सबैभन्दा सशक्त प्रजनन शक्ति भएको साधन भएकाले यसलाई निष्क्रिय नगरौं । लगानीविना पैसा अधुरो हुने भएकाले हरेक विद्यार्थीमा व्यवसाय तथा उद्यमशीलता सम्बन्धी सोचको विकास हुनुपर्छ । हुनेहरूले पैसालाई सन्तानहीन बनाउन रोक्ने हो भने अन्य हजाराैं बेरोजगारले रोजगारी पाउने अवसर सृजना हुन जान्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

तीन पटक आत्महत्या प्रयास गर्नेको बयान : ‘लाइफ इज ब्युटिफुल’

काठमाडौं मेरो घर ललितपुर, ताल्छीखेलमा पर्छ। म परिवारको एक्लो सन्तान हुँ। २०६६ असार १५ गते मेरो आमाले आत्महत्या गर्नुभयो।

होसियार! इन्टरनेटमा भाइरल बन्दैछ आत्महत्या गराउने खतरनाक गेम

भारतको मध्यप्रदेशमा एक किशोरले रेलको ट्र्याकमा आत्महत्या गरे। ११ कक्षामा अध्ययनरत सात्विक पाण्डे नामका ती किशोर रेलको ट्र्याकमा घुँडा टेकेर बसेका थिए। तीव्र गतिमा आएको रेलले उनको शरीर टुक्राटुक्रा पारिदियो। सिसीटिभीमा कैद भएको यो घटना शनिबार रातिको हो। सात्विक बुबाआमाको एक्लो छोरा थिए। अभिभावकले उनलाई कुनै कुर...