महेन्द्रनगर आँखा अस्पतालमा शल्यक्रिया सेवा

दोधारा चाँदनी, २० वैशाख ।महेन्द्रनगर आँखा अस्पतालले आधुनिक उपकरणबाट मोतिया विन्दुको शल्यक्रियासुरु गरेको छ । गत आइतबार अस्पतालले ‘फेको मेसिन’ भित्र्याएपछि नियमित शल्यक्रिया सुरु गरेको आँखा अस्पतालका इन्चार्ज डा. खगेन्द्र उप्रेतीले जानकारी दिए । “यसअघि अस्पतालसँग आफ्नै उपकरण नहुँदा हप्ताको एक दिन मात्रै शल्यक्रिया सेवा दिँदै आएको थियो ।” डा. उप्रेतीले भने,“यहाँ दैनिक दशदेखि १५ […]

सम्बन्धित सामग्री

गेटा आँखा अस्पताल : उपचारका लागि आउने नेपालीभन्दा भारतीय बढी

काठमाडौं  । भारतको उत्तरप्रदेशबाट आएका जितेन्द्र शर्मा धनगढीस्थित नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको गेटा आँखा अस्पताल परिसरमा भेटिए । उनी आफ्ना पाँचजना आफन्तको आँखाको शल्यक्रिया गराउन ३०० किलोमीटरको यात्रा गरेर धनगढी आएका हुन् । जितेन्द्र पहिलोपटक गेटा अस्पताल आएका भने होइनन् । साधारण नेपालीसमेत बोल्न जान्ने उनले अहिलेसम्म आफ्नो गाउँबाट करीब ५०० जनालाई उपचार गराउन गेटा अस्पताल ल्याइसकेको बताए । भारतमा आफ्नो घरबाट करीब ३० किलोमीटरको दूरीमा आँखा अस्पताल भए पनि गेटाको गुणस्तरीय स्वास्थ्य सेवा र सुलभ उपचार शुल्कका कारण आफूहरू भारतमा उपचार नगराई यहाँ आउने गरेको उनले सुनाए । ‘अहिलेसम्म मैले ल्याएका सबैको उपचार एकदमै राम्रो भएको छ । हाम्रो जिल्लामा यहाँ गरेको जस्तो उपचार हँुदैन,’ उनले भने । भारतमा मोतिबिन्दुको शल्यक्रिया गर्दा करीब १५ हजार रुपया खर्च हुने, तर नेपालमा आउने–जाने भाडा र खानासहित ६ हजार रुपयामै उपचार हुने भएकाले आफ्नो जिल्लाका अधिकांश आँखारोगी यहीँ आउने गरेको उनले बताए । उत्तरप्रदेशकै कर्नाेल जिल्लाबाट मोतिबिन्दुको शल्यक्रियाका लागि नेपाल आएका ७५ वर्षीय नथ्थु सिंह प्रसन्न मुद्रामा भेटिए । करीब २ वर्षदेखि मोतीबिन्दुका कारण राम्रोसँग आँखा नदेखेका उनले शल्यक्रियापछि आफूले नयाँ जीवन पाएको अनुभव सुनाए । आफ्नो घरबाट १० किलोमीटर दूरीमै आँखा अस्पताल भए पनि उनलाई त्यहाँभन्दा नेपालमै आँखा उपचार गराउन मन लाग्यो । ‘आफ्नो छिमेकी र पहिले यहाँ आएर उपचार गराएका आफन्तको कुरा सुनेपछि यतै आएँ,’ उनले भने । गेटा आँखा अस्पतालमा आँखा परीक्षण गराउन आउने बिरामीमध्ये ५० प्रतिशत भारतीय नै हुन्छन् । आँखाको शल्यक्रिया गराउन आउनेहरू ६० प्रतिशतभन्दा धेरै भारतीय हुने गरेको अस्पताल प्रशासनले बताएको छ । अस्पतालले नेपालीका लागि सुदूरपश्चिम प्रदेशका महेन्द्रनगर, डँडेलधुरा र टीकापुरमा दोस्रो तहका अस्पताल स्थापना गरी सेवा प्रवाह गर्दै आएको छ । साथै धनगढीमा हप्तामा एकपटक र कञ्चनपुरको बेलौरीमा महीनामा एकपटक शल्यक्रिया सेवा दिने गरेको छ । गत आर्थिक वर्षमा अस्पतालमा १९ हजार ५८१ जनाको आँखाको शल्यक्रिया भएको थियो, जसमध्ये ११ हजार ५९२ जना भारतीय नागरिक थिए । उक्त अवधिमा अस्पतालबाट ८ हजार २३६ जना भारतीयको मोतिबिन्दुको शल्यक्रिया भएको अस्पतालको तथ्यांक छ । सन् १९८१ मा स्थापना भएको गेटा आँखा अस्पतालले १८ ओटा आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । अस्पतालले प्रदेशका ९ ओटै जिल्लामा आँखा उपचार सेवा पुर्‍याएको अस्पतालका आउटरिच म्यानेजर रमेशचन्द्र भट्टले बताए । गतवर्ष गेटा आँखा अस्पताल र मातहतका केन्द्र तथा शिविरबाट २ लाख ५१ हजार ८३१ जनालाई सेवा प्रदान गरिएको थियो । तीमध्ये २४ हजार १४१ जनाको शल्यक्रिया भएको थियो । अस्पतालले हरेक वर्ष ६० भन्दा धेरै ठाउँमा आँखा उपचार शिविर निःशुल्क सञ्चालन गर्ने गरेको छ ।