भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमाले विजयी

भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयर तथा उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ ।   मेयरमा एमालेका बासुदेव थापा १४७५८ मतसहित विजयी हुनु भएको हो ।  उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका निशान ढुङ्गेलले भने १३२३२ मत प्राप्त गर्नु भयाे ।  यस्तै उपमेयरमा एमालेकी सरिता भट्टराई (तिमिल्सिना) ले १४४९० मत प्राप्त गरेर विजयी हुँदा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का श्याम सुन्दर बस्नेतले भने छ हजार छ सय ६१ मत प्राप्त गर्नु भएको छ ।

सम्बन्धित सामग्री

भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमाले विजयी

भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार सूर्यविनायक नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार वासुदेव थापा विजयी भएका हुन् । उनले १४ हजार ७ सय ५८ मत ल्याई विजयी भएका छन् ।

भक्तपुरकाे सूर्यविनायक नगरपालिकामा अहिलेसम्म कस कसले जित्यो ?

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका अहिलेसम्म अन्तिम परिणाम आएका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेले जितेको छ। सूर्यविनायक नगरपालिकाको वडा नं २,३,४ र ६ मा नेपाली कांग्रेले जितेको छ भने वडा नं १, ५ र ७ मा नेकपा एमाले विजयी भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका प्रतिनिधि सभा […]

सूर्यविनायक नगरपालिका ७ मा फेरि एमाले विजयी

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका ७ मा नेकपा एमालेको प्यानल पुन विजयी भएको छ। वडा नं ७ मा वडा अध्यक्षको उम्मेदवारमा रविन्द्र सापकोटाले पुन उम्मेदवारी दिएका थिए। उनले १७ सय ३१ मत प्राप्त गर्दा उनका निकटतम नेपाली कांग्रेसका प्रतिस्पर्धी हरि बहादुर खड्का १ हजार ८६ मत प्राप्त गरे। यस्तै तेस्रो स्थानमा नेपाल मजदुर किसान पार्टीका […]