रासायनिक मल कारखाना खोल्न लगानी बोर्डको कार्यालयले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन मंगलबार बस्ने तय भएको बोर्डको ४९औं बैठकमा पेस हुने भएको छ । रासायनिक मल कारखाना खोल्न प्राविधिक र वित्तीय हिसाबले विभिन्न सम्भावनाहरूसहित तयार पारिएको प्रतिवेदन बोर्डमा पेस गर्न लागिएको लगानी बोर्डको कार्यालयले जनाएको छ ।