सिट बाँडफाँट कार्यदलमा सिट दाबी गर्ने तयारी

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक साँझ ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कार्यदल सदस्य तथा राजमो नेता हिमलाल पुरीले जानकारी दिए ।   आजको बैठकमा दलहरूले आ–आफ्नो दलको तर्फबाट सिट दाबी गर्ने तयारी गरेका छन्...

सम्बन्धित सामग्री

प्रदेश सभातर्फ सत्ता गठबन्धनमा कुन दलकाे कति सिट दाबी ?

काठमाडौँ । सत्ता गठबन्धनले प्रतिनिधि सभातर्फ सिट बाँडफाँट लगभग सहमति जुटाएर प्रदेश सभातर्फ सिट बाँडफाँटका लागि छलफल अघि बढाएको छ। आज बिहान ११ बजे नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा बस्दैछ। यो बैठकमा कुन दलले कति सिट लिने भन्नेबारे छलफल हुनेछ। सत्ता गठबन्धनले आइतबारदेखि प्रदेश सभा क्षेत्रको सिट […]

सिट बाँडफाँटको मुख्य गाँठो मधेस प्रदेशमा

प्रतिनिधिसभा र प्रदेश निर्वाचन क्षेत्रको सिट बाँडफाँट मिलाउन पाँचदलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा डेढ महिनादेखि बसिरहेको छ । तर, गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चाबाहेकका चार दलबीच प्रत्यक्ष १ सय ६५ मध्ये हालसम्म १ सय २६ सिटमा मात्रै सहमति जुटेको एक वरिष्ठ नेताले बताए । खासगरी मधेस प्रदेशमा कांग्रेस र जसपाको अडानका कारण सहमति हुन सकेको छैन । दुवै दलले कुल ३२ मध्ये आधा/आधा सिट दाबी गरेका छन् ।

सिट बाँडफाँट : काठमाडौंमा ६ क्षेत्र कांग्रेसको पक्का, २ मा गलफत्ती

२२ भदौ, काठमाडौं । सत्तारुढ पाँचदलीय कार्यदल प्रतिनिधिसभाको सिट बाँडफाँटमा सहमति नजिक पुगेका छन् । कार्यदलका सदस्यहरुका अनुसार भोलि विहान ९ बजे बसेर प्रतिवेदन तयार पार्ने र शीर्ष नेताहरुलाई बुझाउने तयारी छ । नेपाली कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको थियो । सिट […]

आजै सिट बाँडफाँटको टुङ्गो लाग्छ – प्रचण्ड

अध्यक्ष प्रचण्डले बुधबारभित्र सिट बाँडफाँट टुङ्गो लगाउने गरी छलफल भइरहेको बताए । उनले भने, “सिट बाँडफाँटमा समस्या हुँदैन ।” “नेपाली कांग्रेसले एक सय, माओवादीले ६०, एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ सिट दाबी गरेको छ”

प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

काठमाण्डाै - प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुट्न नसकेको बेला दुई नेताबीच बिहान छलफल भएको हो । आज दिउँसो ३ बजे सिट बाँडफाँटबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुनु अघि उहाँहरुबीच छलफल हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।  सत्ता गठबन्धनमा नेपाली कांग्रेसले एक सय सिट दाबी गरे पनि घट्ने सम्भावना छ । सत्ता गठबन्धनका पाँचै दलले आफूले गरेको दाबीबाट घटेर सिट बाँडफाँट टुङ्ग्याउने ...

सिट बाँडफाँट कार्यदलमा दलहरुले राखे आ-आफ्नो दाबी

९ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनमा दलहरुले प्रतिनिधिसभाको सिट बाँडफाँटमा आ–आफ्नो दाबी पेश गरेका छन् । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बिहीबार बसेको बैठकमा पाँच दलले आफ्नो दाबी राखेका हुन् । कार्यदलका सदस्य हिमलाल पुरीका अनुसार कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेको छ । एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र […]

भागबण्डामा माओवादीको फर्मुला : काँग्रेस र बाँकी चार दललाई ५०–५० प्रतिशत सिट

काठमाडौं । सत्ता गठबन्धनमा नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ १६५ सिटमध्ये १०० सिटमा दाबी गरेपछि नेकपा माओवादी केन्द्रले भागबण्डाको नयाँ फर्मुला अघि सारेको छ । १६५ सिटलाई शत प्रतिशत मानेर काँग्रेसलाई ५० प्रतिशत र गठबन्धनका बाँकी चार दललाई ५० प्रतिशत सिट बाँडफाँट हुनुपर्ने माओवादीको तर्क छ ।‘काँग्रेस एक सय सिट दाबी गरेको छ । गठबन्धन गरेर एकल बहुमत ल्याउने रणनीतिमा काँग्रेस देखिन्छ । गठबन्धनमा ठुलो पार्टी काँग्रेस होला । त्यसमा हामीहरुले नै भोट हालेर हुने हो,’ प्रचण्ड निकट एक स्थायी सम