प्रदेश नम्बर १ को मन्त्रिपरिषद् बैठकले प्रादेशिक आयुर्वेद अस्पताल, लखनपुरको अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । यस्तै ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाईको संगठन संरचना र दरबन्दी पनि प्रदेश सरकारले स्वीकृत गरेको छ । विराटनगरस्थित मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार बैठकले आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तन सम्बन्धी आयोजनाको प्रस्ताव संघीय अर्थ मन्त्रा