प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आज बसेको बैठकले प्रदेश मन्त्रालय र मन्त्रालयगत निकायहरुको संगठन संरचना र एवं दरबन्दी स्वीकृत गरेको छ ।यस्तै प्रदेशका विभिन्न स्थानीय तहका कार्यपालिकाले गरेको निर्णयद्वारा आएको विभिन्न वडाको संख्याको सीमाना हेरफेरसम्बन्धी प्रस्तावलाई नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय पनि गरेको सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले बताएका छन् । बैठकले प्रदेश कृषि अनुदान नियमावली स्वीकृत पनि गरेको छ । नियमावली स्वीकृत भएसँगै कृषि मन्त्रालयसँग सम्बन्धित प्रदेश सरकारले