राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र मिश्रले मुलुकमा राजाको आवश्यकता औँल्याउँदै कसैले मान्छे मार्न हुने तर राजाले गल्ती नै गर्न नहुने भन्दै प्रश्न गरेका छन् । उनले मुलुक भूराजनीतिको भुमरीमा पर्ने उल्लेख गर्दै त्यसलाई जोगाउन पनि राजा र राजसंस्था मुलुकका लागि अति आवश्यक रहेको जिकिर समेत गरे । वरिष्ठ उपाध्यक्ष मिश्रले भन्नु भयो,‘मान्छे मारेर आउनेले यो मुलुकमा शासन गर्न हुने, माडीमा दिउँसै बसमा बच्चा र वृद्ध जला