आँखाको ज्योति फर्किंदाको खुसी

बुद्ध जन्मस्थल लुम्बिनीमा ९ सय ९ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । दिवंगत थाई राजा भूमिबोल अदुल्यादेजको स्मृतिमा आयोजित ४ दिने निःशुल्क आँखा उपचार शिविरमा दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका बिरामीको उपचार गरिएको थियो ।

सम्बन्धित सामग्री

आँखाको ज्योति फर्किंदा खुसी

नलगाड नगरपालिका–१ बस्ने टली विकले बढ्दो उमेरसँगै कमजोर बन्दै गएका दुवै आँखाका ज्योति करिब करिब गुमाइसक्नुभएको थियो । जब दुवै आँखाको ज्योति गुम्यो टलीका लागि दिनरात एकनास बनेको थियो । गाउँमै भएको शिविरमा दायाँ आँखा शल्यक्रिया गरेपछि ८० वर्षीय विकको आँखाको ज्योति फर्किएको छ । आँखाको ज्योति फर्किएपछि आफूले पुनर्जन्म पाएसरह भएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।

शिविरले फर्कायो आँखाको ज्योति

पूर्वखोला गाउँपालिका–२, जल्पाका ३३ वर्षीय पोमबहादुर सारुले २० वर्षपछि उज्यालो संसार देखे । उनले कक्षा ६ पढ्दै गर्दा दुवै आँखा धमिलो भएर अध्याँरो नै भएको थियो । त्यसपछि बल्ल उज्यालो संसार देख्न पाउँदा धेरै खुसी लागेको बताए ।

आँखाको ज्योति फर्किएपछि प्रसन्न छन् राउत दम्पती

कमलामाई नगरपालिका १४ रानीबासका राउत दम्पती आँखाको ज्योति फर्किएपछि औधि खुसी भएका छन्।

आँखाको ज्योति फर्किएपछि प्रसन्न छन् राउत दम्पती

कमलामाई नगरपालिका १४ रानीबासका राउत दम्पती आँखाको ज्योति फर्किएपछि औधि खुसी भएका छन्।

आँखाको ज्योति फर्किएसँगै खुसी भएका बा-आमा

कपिलवस्तु । बुद्धभूमि नगरपालिका –९ की फुलकली थारु ७२ वर्ष पुगिन् । शारीरिक रूपमा अशक्त उनी राम्रोसँग हिँडडुल गर्न त सक्दिन्न नै, उमेर ढल्कँदै जाँदा श्रवण शक्ति कमजोर भइसकेको थियो । यसमाथि आँखाको दृष्टि क्षमता निकै कमजोर हुँदा वृद्धावस्थामा उनका दिन निकै कष्टपूर्ण बने । असाध्यै अप्ठ्यारोमा परे पनि उनको सुविधा सम्पन्न अस्पतालसम्म पुग्ने र […] The post आँखाको ज्योति फर्किएसँगै खुसी भएका बा-आमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आँखाको ज्योति फर्किएसँगै खुसी भएका बाआमा

सल्यान : बनगाड कुपिण्डेकी ६४ वर्षीया भद्री महतरा वर्षौंपछि आँखा देख्दा दंग परिन्। लामो समयपछि आँखा देख्न पाउँदा उनको अनुहार खुसीका आँसुले भिजेको थियो।७० वर्षीय लिले रानाको अनुहारमा पनि चमक देखिन्थ्यो। मोतीबिन्दुको सफल शल्यक्रियापछि आँखा देख्न पाएकोमा उनी निकै खुसी देखिन्थे।‘आँखा नदेख्दा खान, लगाउन र हिँडडुल गर्न पनि अरूको सहारा लिनुपर्थ्यो। अब त आफैं वरपर गर्न सक्ने भएँ’, उनले भने। आँखाको ज्योति गुमाएपछि भएपछि कैयौँपटक लडेको बताए।‘कहिले घरमै लडेँ त कहिले हिँड्दा र काम गर्दा लडे

दृष्टि फर्केपछि उज्यालिएका अनुहार

बिहीबारदेखि उनको आँखाको ज्योति फेरि फर्केको छ। दृष्टि फर्केपछिको खुसी थापाको अनुहारमा प्रस्टै देखिन्थ्यो। ‘आँखामा ज्योति नहुँदाको पीडा शब्दमा व्यक्त गर्न नसकिँदो रहेछ,’शल्यक्रियाबाट दृष्टि फर्किएपछि खुसी हुँदै उनले भने, ‘बुढेसकालमा आँखाको ज्योति पाएँ, फेर...

कलावतीले ६ वर्षपछि पुनः देखिन् संसार

कञ्चनपुर : कृष्णपुर नगरपालिका-१ दोमिल्लाकी ५० वर्षीया कलावती खत्री आफ्नो आँखाको ज्योति ६ वर्षपछि पुनः फर्किएपछि निक्कै खुसी छन्। मोतिया बिन्दु भएपछि उनले दुवै आँखाको ज्योति गुमाएकी थिइन्।आँखाको उपचारका लागि धेरै पटक अस्पताल पुगे पनि आर्थिक अभावले घर फर्किएकी कलावतीको नागरिक सुशासन समाज कञ्चनपुरको पहलमा दाताहरुबाट रकम जुटाई दुवै आँखाको शल्यक्रिया भएको हो।‘आँखाको उपचारका लागि अस्पतालसम्म नपुगेको होइन‚’ उनले भनिन्‚ ‘शुःल्क तिर्न नसक्दा वर्षौंसम्म अन्धकारमै बस्न बाध्य भ

१८ वर्ष पछि पुनः आँखा देख्दाको खुसी

कमलामाई नगरपालिका ४ कडुलेकी चण्डीकादेवि देवकोटा १८ वर्षपछि पुनः आँखा देख्न थालेकी छन् । मोतिविन्दु भएर आँखाको ज्योति गुुमाएकी देवकोटाको