काठमाडौँ- राजधानीमा जारी ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक २०२३’ मा प्रविधिप्रेमीहरूको घुइँचो लागेको छ। प्रर्दशनीको चौंथो दिन विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्नेहरूले इन्फोटेक अवलोकन गरेका छन्। आइतबारसम्म चल्ने इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, डिजिटल भुक्तानी सेवा, ई-कमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका […]