कैलाली । धनगढीमा क्यान इन्फोटेक सञ्चालनमा हुने भएको छ । कम्प्युटर एशोशियसन नेपाल (क्यान) कैलालीले धनगढीमा सूचना प्रविधि मेला (क्यान इन्फोटेक) २०२३ दोश्रो संस्करण फागुन १६ गते देखि २० गते सम्म सञ्चालन हुने भएको हो । पहिलो इन्फोटेक भएको सात वर्षपछि क्यान कैलालीले दोश्रो संस्करणको आयोजना गर्न लागेको हो । मेलामा सूचना प्रविधिको बारेमा जानकारी […]
काठमाडौं, २९ माघ। भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मेलामा ३ लाख मानिसले अवलोकन गरेका छन्। कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान)का अध्यक्ष रञ्जितकुमार पोद्दारले क्यान इन्फोटेकमा सोचेअनुसार नै अवलोकन कर्ताहरुको उपस्थिति भएको बताए। मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि क्याम्पस स्तरमा टेक्नोलोजी अध्ययनरत विद्यार्थी र सूचना प्रविधिमा चासो राख्ने मानिसहरु अवलोकनका लागि आएको जनाए । क्यान इन्फोटेक माघ २४–२९ गतेसम्म सञ्चालन भएको हो।
इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एशोसियसन विथ डिशहोम फाइबरनेट मंगलबारदेखि सुरू हुने भएको छ । माघ २४ गतेदेखि सुरू हुने क्यान इन्फोटेक माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाडौंको प्रर्दशनीमार्ग स्थिति भृकुटिमण्डपमा आयोजना हुने इन्फोटेकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रडण्डले उद्धाटन गर्ने कार्यक्रम रहेकाे छ ।
यस्तै विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना...
काठमाडौं : आगामी माघ २४ देखि भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला हुने भएको छ। २९ गते सम्म चल्ने मेलाको स्टल बुकिङसमेत खुलेको क्यान महासंघले जनाएको छ।सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्सेनि क्यान इन्फोटेक मेला आयोजना हुँदै आएको छ।यस पटकको क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरु को अधिकतम सहभागिता रहने क्यान
७ वैशाखदेखि १२ गतेसम्म आयोजना भएको ‘आइएमई पे क्यान इन्फोटेक २०२२’ सम्पन्न भएको छ । यो संस्करणमा करिब सवा दुई लाखजना अवलोकनकर्ताले प्रदर्शनी अवलोकन गरेको आयोजकले जनाएको छ ।
क्यान इन्फोटेकको स्टार्टअप र...
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक बुधबारबाट सुरू भएको छ । बुधबारबाट सुरू भएको क्यान इन्फोटेक सोमबारसम्म चल्नेछ ।
बुधबार बिहान राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले क्यान इन्फोटेकको उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मन्त्री...
काठमाडौं, पुष ११ । आगामी माघ तेस्रो साता क्यान इन्फोटेक सञ्चालन हुँदैछ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष क्यान इन्फोटेक २०२२ आगामी माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्न लागेको हो । यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुवल दुवै स्वरुमा आयोजना हुने गरी तयारी बढाइएको महासंघले जनाएको छ । सूचना […]