गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा बुधबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको छ । भेटमा गृहमन्त्री खाँणले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद प्रकट गरेका थिए ।