स्याङ्जा – ‘ठेकेदार साप, पुल बनाउनु पर्दैन ?’, स्याङ्जाको आँधीखोला गाउँपालिकाको 'युथ अफ आँधीखोला' ले सामाजिक सञ्जालमा यसरी नै खबरदारी गर्याे । दुई वर्षमा बनाउँछु भनेर ठेक्का लिएको पुल सात वर्षमा पनि किन बनाउनुभएन ? भनेर ठेकेदारको नाम र फोटोसहित सामाजिक सञ्जालमा राखेर सरोकारवालालाई खबरदारी गरिएको छ । नागरिकस्तरबाटै यसरी खबरदारी हुन थालेपछि अहिले पुलको विषयले चर्चा पाउन थालेको छ । आँधीखोला गाउँपालिका ५ र ६ जोड्ने सेतीदोभानमा रहेकाे आँधीखोलामा निर्माणाधीन मोटरेबल पुलको काम अ...