हिउँदका महिना सुरु भएसँगै मुलुकका विभिन्न औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही वर्षदेखि मुलुक लोडसेडिङमुक्त बनेको थियो । नेपाल विद्युत प्राधिकरणले बिहान र साँझ गरेर दैनिक ९ घण्टासम्म उद्योगमा बत्ती कटौती गर्न सुरु गरेको हो । भारतबाट आयातीत विद्युतमध्ये करिब एक सय मेगावाट अवरुद्ध भएसँगै औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको हो […]