२६० भूमिहीनलाई जग्गाधनी पुर्जाको निस्सा प्रदान

पर्वत : कास्कीको पोखरा महानगरपालिका–३२ का दुई सय ६० भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जाको निस्सा वितरण गरिएको छ।पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेलले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरण गरेका हुन्।निस्सा वितरण गर्दै प्रमुख आचार्यले पोखरा महानगरपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाको मालिक बनाउने प्रक्रियाको सुरुवात भएको बताए।संवैधानिक व्यवस्था अनुस

सम्बन्धित सामग्री

जग्गाधनी पुर्जा छिटो वितरण गर्न कसरत

झापाका स्थानीय तहहरुले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासिको तथ्यांक संकलन तथा निस्सा बितरण गर्दै चाँडो जग्गाधनी पूर्जा बितरणका लागि कामलाई तिब्रता दिएका छन् ।

उन्नाइस हजार बढी भूमिहीनद्वारा जमिन प्राप्तिका लागि आवेदन

कास्की– पोखरा महानगरपालिकामा उन्नाइस हजार छ सय ३४ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले जमिन प्राप्तिका लागि आवेदन दिएका छन् । यसरी आवेदन दिएकालाई आयोगको जिल्ला कार्यालयले जग्गाधनी पुर्जा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण सुरुआत गरेको छ । आयोगले पोखराका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले दिएको निवेदनका आधारमा आवश्यक प्रक्रियापछि मङ्गलबारदेखि पोखरा-२५ […]

भूमि आयोगबाट १०६ लाई पुर्जा

राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीले ८ महिनाको अवधिमा १ सय ६ जनालाई जग्गाधनी पुर्जा र १ हजार २ सय ९३ जनालाई निस्सा वितरण गरेको छ । जिल्ला समितिका अनुसार दुधौलीका १ सय ६ भूमिहीन दलित र सुकुम्बासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।