सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्देश्यले भलुवाहीस्थित स्वास्थ्य चौकीलाई ग्रामीण अल्ट्रासाउन्ड उपकरण उपलब्ध गराइएको छ । मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित बर्थिङ सेन्टरसहित स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड हस्तान्तरण गरिएको हो । स्वास्थ्यचौकीका प्रमुख प्रदीपनारायण ठाकुरका अनुसार उपकरण प्राप्त भएसँगै अल्ट्रासाउन्ड सेवा नियमित रूपमा सञ्चालनमा […]
प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै एनसेलले एनपएिल दोस्रो संस्करणमा पनि हरेक चौकाको प्रहारमा चार वटा शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो।
काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले परिचित राजकुमार तामाङ लामालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले मंगलबार धनकुटाको पाख्रीबास नगरपालिका–९ का स्थायी बासिन्दा उनलाई काठमाडौंको कपनबाट पक्राउ गरेर हिरासतमा लिएको हो । लामा काठमाडौंको बबरमहलमा भएको बम विस्फोटका मुख्य नाइकेका रुपमा चर्चित छन् । बबरमहलस्थित […]
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–१५ चमतिस्थित सडकमा ट्याक्सी जाँच गर्ने क्रममा लागुऔषध गाँजासहित भारतको केरलाका ३८ वर्षीय सोन साइमान ग्रेसेसलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
काठमाडौं– एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा जनाएको प्रतिबद्धता बमोजिम देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दुई हजार चार सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ । प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै, एनसेलले एनपीएल दोस्रो संस्करणमा पनि हरेक चौकाको प्रहारमा चार वटा […]