जुम्ला : जुम्लाको गुठिचौर गाउँपालिका–५काडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैँचा स्थापना गरिएको छ। गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मीनबहादुर भण्डारीले आधुनिक स्याउ बगैँचा बनाएका छन्। उनले १८ हेक्टर जमिनमा स्याउ खेती गरेका छन्। त्यो बगैँचामा २२ करोड लगानी भएको छ।गुठिचौर गाउँपालिका वडा नं. ५ र ३ मा गरी झण्डै ३० करोडभन्दा बढी लगानीमा तीनवटा बृहत् स्याउ बगैँचा निर्माण भएका छन्। तीमध्ये सबैभन्दा ठूलो ‘गुठिचौर एग्रो फर्म’को बगैँचा हो। जहाँ १८ हेक्टर जमिनमा ४८ हजार बिरुवा