यस्ता छन् प्रत्यक्ष चुनाव जित्ने महिला प्रतिनिधि

पुनर्वास नगरपालिकाको आईबीआरडी बजारमा बिहीबार साँझ खुसियाली छाएको थियो । स्थानीय बिहानैदेखि बिना मगरको माइतीघर वरिपरि झुम्मिएका थिए । उनी भने अलि पर गोकुलपुरको कार्यक्रममा बधाई थाप्दै थिइन् । सेतो सल ओढेकी बिना जब गाडीबाट उत्रिइन्, स्वागत गर्ने र सेल्फी खिच्ने तन्नेरीको तँछाडमछाड चल्यो ।

सम्बन्धित सामग्री

मौकाले प्रदेश सांसद, अर्थमन्त्री हुँदै राजनीतिमा फड्को

सीता प्रत्यक्ष चुनाव जित्ने देशभरकै एक्ली दलित महिला सांसद हुन् । संघमा ८ जना र प्रदेशहरुमा १४ जना महिला चुनिँदा दलित महिला उनी एक्ली छन् । देशभरमै दलित महिलालाई दलहरुले उम्मेदवारको हुनबाटै बञ्चित गर्दै आएका छन् । एमालेले पनि अर्काले इन्कार गरिसकेपछि मात्र सीतालाई उम्मेदवारका रुपमा उभ्याएको हो ।