भैरहवा विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्कियो, उडान- अवतरण पनि अवरुद्ध

काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमवुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्किंदा उडान र अवतरण अवरुद्ध भएको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको स्रोतले जानकारी दिएको छ । सोही कारण भैरहवा विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको स्रोतको भनाइ छ । यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौं पठाउन थालिएको र जहाजलाई प्राविधिक टिमले जाँच गरिरहेको कम्पनीले बताएको छ । यसैवीच उक्त कम्पनीले भैरहवाबाट काठमाडौं उडान नं.८५६, भैरहवा विमानस्थलमा जहाज रोलिङका क्रममा टायर फ्ल्याट भएको बताएको छ । उक्त जहाजका यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौं ल्याउन लागिएको र सो जहाजलाई टेक्निकल टिमहरुले चेकजाँच गरिरहेको पनि कम्पनीले बताएको छ ।

सम्बन्धित सामग्री

यात्रु सुरक्षाकै लागि सोमबारका उडान बन्द भए: बुद्ध एयर

सोमबार बुद्ध एयरका प्राय उडान अवरुद्ध भएका थिए। सोही कारण यात्रुहरु अक्रोशित पनि भए। तर एयरलाइन्सले भने यात्रुहरुकै सुरक्षित उडानको लागि उडान स्थगित गर्नुपरेको बताएको छ। 'माघ १५ का दिन विराटनगर विमानस्थलमा २००० मिटरको मात्र भिजिबिलिटी थियो । तसर्थ सुरक्षाका दृष्टिकोणले बुध्द एयरका निर्धारित काठमाडौं–विराटनगर–काठमाण्डौका सबै उडानहरु रद्द भए' बुद्धद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ'वैकल्पिक…