स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही माग गर्दै दाङमा प्रदर्शन
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई कारबाहीको माग गर्दै दाङका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्सहरुले प्रदर्शन गरेका छन्।
२० साउन, काठमाडौं । दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि घोराही-तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ । मृतकका आफन्तले चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका हुन् ।
घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही …
घोराही (दाङ) । दाङमा फूलखेती गरेका किसानलाई अहिले टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार शुरु भएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् ।
घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिक रूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर फूल टिपेर माला बनाउन थालेका छन् । यस्तै घोराही उपमहानगरपालिका–१३ का इन्द्रा बुढा मगर पनि तिहारका लागि आजदेखि फूल टिपेर माला बनाउन थालेका छन् । घोराही उपमहानगरपालिका–१४ मा फूल खेती गर्दै आएका वीरेन्द्र खड्काले पनि फूल टिपेर माला बनाउन थालेको बताए । उनले विगतमा तिहारको समयमा रु सात लाखभन्दा बढीको फूल विक्री गरेको बताए ।
लोकेन्द्र, इन्द्रा र वीरेन्द्र जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि फूल विक्रीको तयारी थालेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उनीहरूको भनाइ छ । माला बनाएर शीतभण्डारमा राख्ने तर्खरमा किसान छन् । जिल्ला बाहिरबाट समेत फूलको माग आएको घोराही उपमहानगरपालिका–१४, झिगौरास्थित जलजला पुष्प खेती फार्मका सञ्चालक लोकेन्द्र रोका मगरले बताए । ‘जिल्लाभित्रैकै माग धेरै छ,’ उनले भने ।
रोका मगरले दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गरेका हुन् । उनले झिगौरासँगै सुनपुरमा पनि फूल खेती गरेका छन् । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोका मगरले जिल्लामा दशंैतिहारलगायत पर्व तथा अरु बेला फूलको माग आउन थालेपछि फूलखेती गर्न थालेका हुन् । ‘दाङमा व्यावसायिक रूपमा फूलखेती कतै थिएन, काठमाडौंमा फूलखेती व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले पनि शुरु गरेको हुँ,’ रोका मगरले भने ।
रोका मगरले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक फूलखेती गर्दै आएका छन् । घोराही बजारनजिकै फूलखेती गरेपछि आफूलाई बजारको समस्या नभएको उनी बताउँछन् । जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङ सहरबाट समेत फूलको माग हुने गरेको छ । पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रै महीना फूल उत्पादन शुरु गरेको बताए । फूलको माग दशैंतिहारमा बढी हुने गरेको उनको भनाइ छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उनको भनाइ छ ।
जिल्ला फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत रोका मगरको आग्रह छ । घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा पनि व्यावसायिक रूपमा फूलखेती गरिँदै आएको छ । इन्द्रा बुढाले विगत ७ वर्षपहिले देखि व्यावसायिक रूपमा फूलखेती गर्दै आएका छन् । उनले पनि अहिले फूल टिपेर माला बनाउन थालेका छन् । तिहारका लागि माग हुन थालेको उनको भनाइ छ । ‘माला बनाउन थालेका छौं,’ उनले भने । प्रतिमाला रु ८० देखि रु दुई सयसम्ममा विक्री गर्ने गरेको बुढाले बताए । जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको उनी बताउँछन् । अहिले १२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गरेको बुढाले बताए ।
एकदुई कट्ठाबाट शुरु भएको जिल्लाको फूलखेती हाल आएर २५ बिघामा पुगेको छ भने ५० भन्दा बढी किसान व्यावसायिक रूपमै फूलखेतीमा जोडिएका छन् । जिल्लाका तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले वातावरणीय सन्तुलन कायम राख्न तथा स्थानीयको उत्पादनलाई बढावा दिन सर्वसाधारणमा कृत्रिम फूलको प्रयोग नगरी प्राकृतिक फूलका माला प्रयोग गर्न र अटेरी गरे कारबाही सहितको सूचना जारी गरेका छन् । रासस
काभ्रेपलाञ्चोक । जिल्लाको धुलिखलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले विभिन्न स्थानमा उत्पादन भई विक्री वितरण भएका खाद्यवस्तु न्यून गुणस्तर र दूषित भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
कार्यालयद्वारा गत आर्थिक वर्ष २०७९/८० मा गरेको अनुगमन निरीक्षणका आधारमा सार्वजनिक वार्षिक प्रतिवेदनमा जिल्लाका विभिन्न स्थानका उद्योगबाट उत्पादित खाद्य सामग्री न्यून गुणस्तर भएको, दूषित देखिएको तथा अनुज्ञापत्रसमेत नलिइ उत्पादन तथा विक्री वितरण र उत्पादन गरेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा केही उद्योगलाई काभ्रेपलाञ्चोकमा तथा केही उद्योगलाई सम्बन्धित जिल्लामा मुद्दाका लागि मिसिल पठाएको जनाइएको छ । कार्यालय प्रमुख मनिषा चापागाईंले विभिन्न स्थानमा गरिएको अनुगमन निरीक्षणका क्रममा काभ्रेपलाञ्चोकलगायत विभिन्न ६ जिल्लामा उत्पादित खाद्यसामग्री मापदण्डविपरीत रहेको पाइएपछि मुद्दा दायर गरिएको छ ।
प्रतिवेदनमा बनेपा नगरपालिका–८ स्थित शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्रालिले उत्पादन गरेको खाद्यवस्तु न्यून गुणस्तर रहेको पाइएको छ । साथै बटरफ्लाई फ्रुट क्यानिङ कम्पनी बत्तिसपुतली, काठमाडौंबाट उत्पादित ‘मिक्स पिकल’, तुलसीपुर दाङमा रहेको स्वर्गद्धारी वि कन्सर्न प्रालिद्वारा उत्पादित मह, ललितपुर ठेचेमा रहेको सगुन ओइल एण्ड घी प्याकिङ इण्ड्रस्ट्रिज प्रालिद्वारा उत्पादित तोरीको तेल पनि न्यून गुणस्तर भएको प्रमाणित भएसँगै सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ ।
कार्यालयका अनुसार मनोहरा–१४ काठमाडौस्थित बद्रिनाथ घि प्याकिङ उद्योगबाट उत्पादित बेकरी सर्टेनिङ, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालि वीरगञ्जबाट उत्पादित वनस्पती घ्यू र पतञ्जली आयुर्वेद प्रालि बाराद्वारा उत्पादित मह न्यून गुणस्तरको पाइएपछि ती कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ ।
चापागाईंका अनुसार दाना पदार्थ, दुग्ध पदार्थ र होटल व्यवसायमा गरिएको अनुगमन र त्यहाँबाट सङ्कलित खाद्य सामग्रीको नमुनाका आधारमा जिल्ला बाहिरका ६ उद्योगबाट उत्पादित खाद्य सामग्री पनि मापदण्डविपरीत रहेको पुष्टि भएको हो । यस्तै गत आवमा ५४ किसिमका खाद्य वस्तु न्यून गुणस्तर तथा दूषित भएको प्रमाणित भएपछि जफत गरी नष्ट गरिएको छ ।
चापागाईंले वार्षिक समीक्षा कार्यक्रममा उक्त अवधिमा १३ उद्योगले अनुज्ञापत्र माग गरेको जानकारी दिए । अनुज्ञापत्रबिना सञ्चालन भएका केही उद्योगलाई कारबाही गरिएको उनले बताए ।
कारबाही गरिएकामा काभ्रेपलाञ्चोकको बनेपा–८ को शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्रालि, बनेपा–६ स्थित तिमल्सिना प्याकेजिङ एण्ड फुड प्रडक्स प्रालि, बनेपा–८ को चण्डेश्वरी स्पेसल ताजा गुदपाक भण्डार तथा गाईभैंसीको मास दानामा प्रयोग गरिने सामग्री र उत्पादित दाना दूषित भएकोमा बनेपा–८ का जेएम दाना उद्योग र बिना लेवल खाद्य पदार्थ विक्री गरेको अभियोगमा एभर फ्रेस बेकरीलगायत छन् । रासस
दाङ– बिहानबाट अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ। दाङमा कार र मोटरसाकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएपछि कार चालकलाई कारबाहीको माग राख्दै राजमार्ग अवरुद्ध गरिएको थियो। वडा प्रहरी कार्यालय लमहीमा भएको छलफल र कार चालक पक्राउ परेपछि अवरुद्ध राजमार्ग सुचारु भएको हो। कार चालकलाई हदैसम्मको कानुनी कारबाही गर्ने सहमति भएको प्रहरी […]
दाङ – राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. विनोद सिंहमाथि भएको अभद्र व्यवहार घटनामा संलग्न व्यक्तिहरुलाई कारबाहीको माग गर्दै दाङमा दिनहुँ प्रदर्शन हुन थालेको छ । आकश्मिक बाहेक अन्य उपचार सेवा बन्द गरेर स्वास्थ्यकर्मी सडकमा आएका हुन् । सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले बिरोध प्रदर्शन गरेका छन् । नेकपा […]