पर्सा : एमालेका महासचिव शंकर पोखरेलले जनतालाई शोषण गर्ने नै अहिले शासक भएको बताएका छन्। नेपाल कम्यूनिष्ट पार्टी एमाले पर्साको आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मंगलबार वीरगन्जमा यस्तो बताएका हुन्।एमालेका प्रभावशाली नेता मध्ये पार्टी अध्यक्ष केपी शर्मा ओली पर्सामा आएर फर्किएको १९ दिन कटन नपाउँदै यहाँ आइपुगेका महासचिव पोखरेलले पहिलेका जमीनदार र शोषक अहिले गठबन्धन सत्ताका शासक भएको बताए।एमालेलाई गाली गरेर ०६२–०६३ साल यता सांसद बनेका मधेशबादी दलका अधिकांश नेता मन