नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सांस्कृतिक क्षेत्रका लेखक– कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामर्थ्य राख्ने भएकाले त्यस भूमिकालाई प्रभावकारीरुपमा प्रदर्शन गर्न सक्नुपर्ने बताएका छन् ।राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आज आयोजना गरेको राजनीतिक, वैचारिक र सांस्कृतिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले जनजीविकाका सवाल र समृद्धिको यात्रामा अग्रगामी विचार र पक्षधरलाई स्रष्टाहरूले साथ दिई मुलुकको स्थायित्व र विकासका लागि योगदान दिन सक्नुपर्नेमा पनि जोड दिए । महासचिव पोखरेल