रोशनी शाही पशुपति क्षेत्रबाट पक्राउ

काठमाडौँ। पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाहीलाई प्रहरीले पशुपति क्षेत्रबाट पक्राउ गरेको छ। सिद्धबाबा भनेर चिनिने कृष्ण गिरीलाई शाहीले बलात्कारी भन्दै होहल्ला गरेपछि प्रहरी वृत्त गौशालाले उनलाई नियन्त्रणमा लिएको हो।

सम्बन्धित सामग्री

बलात्कार आरोपितको पशुपतिमा महायज्ञ

पशुपति मन्दिरमा चलिरहेको 'अतिरुद्र महायज्ञ' मा मंगलबार एकाएक होहल्ला हुन थाल्यो। होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन् । उनले 'बलात्कार आरोपित व्यक्तिले आयोजना गरेको महायज्ञ' भन्दै विरोध जनाएर हल्लाखल्ला गर्न थालिन्। सार्वजनिक कार्यक्रममा होहल्ला गरेको भन्दै प्रहरीले उनलाई तत्काल पक्राउ गर्‍यो। उनलाई पक्राउ गरेर प्रहरीले महायज्ञको वातावरण शान्त पारे पनि उनको आरोप गम्भीर थियो। महायज्ञ आयोजना बलात्कारका आरोपितबाटै भएको थियो। &