काठमाण्डौ – सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम अन्तर्गत अहिलेसम्म एक लाख २९ हजार वटा कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा कार्यक्रम सुरु भएयता अहिलेसम्म एक लाख २९ हजार ६ सय ८० वटा कर्जामार्फत दुई खर्ब ३१ अर्ब ४३ करोड रुपैयाँ ऋण स्वीकृत भएको छ । यसमध्ये एक करोड रुपैयाँभन्दा धेरै कर्जा लिने ऋणीको सङ्ख्या एक हजार आठ सय ९० जना रहेको छ । सहुलियतपूर्ण कर्जामा प्रवाह भएको एक खर्ब ९८ अर्ब ९२ करोड रुपैयाँ असुल हुन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।सहुलियतपूर्ण कर्जाका लागि सरकार...