काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाई होम र जुवेनाइल करेक्सनलाई सेनेटरी भेन्डिङ मेसिन सहयोग गरेको छ ।
ती संस्थामा रहेका बालिकाको सरसफाइको आवश्यकतालाई ध्यानमा राख्दै सेनेटरी प्याडका साथै तीनओटा भेन्डिङ मेसिन उपलब्ध गराइएको बताइएको छ ।
बालिकाको सरसफाइ आवश्यकता पूरा गर्न र उनीहरूले सामना गर्ने चुनौतीलाई कम गर्ने उद्देश्यले सहयोग गरिएको बैंकले जानकारी दिएको छ । सामग्री संस्थाकी संस्थापक पुष्पा बस्नेतलाई हस्तान्तरण गरिएको हो ।
संस्थापक बस्नेतले संस्थाको मान्यता प्रत्येक बालिकाको महीनावारी स्वास्थ्य व्यवस्थापन, उचित सरसफाइ सुविधा र आवश्यक स्रोतमा पहुँच हुनुपर्छ भन्ने रहेको बताउँदै सोही उद्देश्यले बैंकले पुर्याएको सहयोगको सराहना गरिन् ।