सिटिजन्स बैंकको सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्धाश्रम, अस्पताल लगायत संस्थामा नौ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।...

सम्बन्धित सामग्री

विभिन्न संस्थालाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेशनलले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाई होम र जुवेनाइल करेक्सनलाई सेनेटरी भेन्डिङ मेसिन सहयोग गरेको छ । ती संस्थामा रहेका बालिकाको सरसफाइको आवश्यकतालाई ध्यानमा राख्दै सेनेटरी प्याडका साथै तीनओटा भेन्डिङ मेसिन उपलब्ध गराइएको बताइएको छ । बालिकाको सरसफाइ आवश्यकता पूरा गर्न र उनीहरूले सामना गर्ने चुनौतीलाई कम गर्ने उद्देश्यले सहयोग गरिएको बैंकले जानकारी दिएको छ । सामग्री संस्थाकी संस्थापक पुष्पा बस्नेतलाई हस्तान्तरण गरिएको हो । संस्थापक बस्नेतले संस्थाको मान्यता प्रत्येक बालिकाको महीनावारी स्वास्थ्य व्यवस्थापन, उचित सरसफाइ सुविधा र आवश्यक स्रोतमा पहुँच हुनुपर्छ भन्ने रहेको बताउँदै सोही उद्देश्यले बैंकले पुर्‍याएको सहयोगको सराहना गरिन् ।

सिटिजन्स बैंकको सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल बैंकले बेबी लाइफ होमलाई आर्थिक सहयोग गरेको छ ।करिब एक दशकदेखि एचआईभी संक्रमित बालबालिकाको संरक्षण गर्दै आएको बेबी लाइफ होमलाई बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख रुपैयाँ सहयोग गरेको हो । बैंकले आफ्नो पन्ध्रौँ वार्षिक उत्सव ७ वैशाखमा मनाउँदैछ । सोही उपलक्ष्यमा सो संस्थालाई आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।बेबीलाइफ […]