काठमााडौं : थुलुङ राई संस्कृति प्रतिष्ठानले विकासको नाममा खुवालुङ नष्ट नगर्न माग गरेको छ। बुधबार प्रतिष्ठानले एक प्रेस विज्ञप्ति जारी गरी किराती समुदायको मुन्दुमी आस्थाको केन्द्र खुवालुङ नष्ट नगर्न सरकारसँग माग गरेको हाे।प्रतिष्ठानका अध्यक्ष निर्कुधन राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘किराती समुदायको आस्थाको केन्द्रलाई योजनाबद्ध तरिकाबाट नामेट पार्ने सरकारी कदम खेदजनक छ,विकल्प हुँदाहुँदै विकासको नाममा योजनाबद्ध तरिकाले नियोजित रूपमा किराँती समुदायको आस्थाको केन्द्र खुवालुङलाई नष्ट ग