काठमाडाैंको रानीपाेखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेहरूको घुइँचो लागेको छ । दिदीबहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । हेर्नुहोस् तस्वीरहरू :