काठमाडौं : नेकपा एमालेको एकता जोगाउन दोस्रो तहका नेताहरू सक्रिय भएर लागिरहेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहबीचको विवादले पार्टी विभाजनको डिलमा पुगेपछि दोस्रो तहका नेताहरूले निरन्तर एकताको पहल गरेका हुन्।अध्यक्ष ओलीले आफ्नो समूहलाई एक्ल्याएर निरन्तर रुपमा अघि बढेपछि नेता नेपाल समूह विद्रोहमा उत्रिएपछि एमालेमा ध्रुवीकरण सुरु भएको थियो। सोही विवादले नेपाल समूहले तल्लो तहसम्म समानान्तर कमिटी गठन गरिसकेको छ। नेप